scheduleबिहिवार आश्विन ८ गते, २०७७

गुल्मीमा एक वर्षीय बालकसहित ५९ जनामा संक्रमण

गुल्मी, ३ असार । गुल्मीमा एक वर्षका नाबालकसहित कोरोनाबाट संक्रमित ५९ जना पुगेका छन् । कालीगण्डकी गाउँपालिकाका २८ वर्षीय पुरुषमा आज कोरोना सङ्क्रमण पुष्टि भएसँगै जिल्लामा सङ्क्रमित हुने ६० पुग्न लागेको स्वास्थ्य कार्यालय गुल्मीका प्रमुख डा भवानीप्रसाद शर्माले जानकारी दिए ।

इस्मा गाउँपालिकामा भारतबाट आएका एक वर्षीयमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । उनी गत २६ दिनदेखि आमासँगै स्थानीय सरस्वती आधारभूत विद्यालयमा क्वारेन्टिनमा बसिरहेका छन् । नाबालकमा कोरोना सङक्रमण पुष्टि भए पनि आमाको आरडिटी रिपोर्ट भने नेगेटिभ आएको थियो ।

नाबालकमा कोरोना सङ्क्रमण पुष्टि भएपछि बिहीबाार आमाको समेत स्वाब निकालेर परीक्षणका लागि प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवा पठाइने इस्मा गाउँपालिका उपाध्यक्ष विमला खत्रीले बताईन् ।

गत दुई साताअघि भारतबाट आएका २८ वर्षीय पुरुषलाई पालिकाले स्थानीय क्वारेन्टिनमा राखेको थियो । उनको आरडिटी गर्दा रिपोर्ट पोजेटिभ आएपछि स्वाब सङ्कलन गरेर परीक्षणका लागि प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवा पठाइएको गाउँपालिकाका स्वास्थ्य संयोजक चन्द्रबहादुर थापाले जानकारी दिए ।

जिल्लामा भारतबाट आएका तीन हजार ९२१ व्यक्ति क्वारेन्टिनमा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । कोरोना सङ्क्रमणका कारण जिल्लामा दुई जनाको ज्यान गइसकेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय