scheduleमगलवार श्रावण २० गते, २०७७

फर्जी खबरको तुफानमा फसेकी एक पत्रकारको कहानी


एजेन्सी, ४ असार । गत जनवरीमा म एक दिन उत्तरी लण्डनको एउटा डान्स क्लासबाट बाहिर निस्किएँ । मैले मेरो फोनमा अफ्रिकी नम्बरबाट आएको मिसकल देखेँ ।

मलाई थाहा थिएन के भईरहेको थियो । मैले आफ्नो इनबक्स चेक गरेँ । फेसबुक र ट्वीटर चेक गरेँ । त्यहाँ पनि केही मानिसहरुले मलाई म्यासेज गरेका थिएँ ।

ती म्यासेजहरुमा मलाई ‘के तपाई मिसेल डेमसेन हो’ भनेर सोधिएको थियो । मिसेल डेमसेन ती महिला थिइन् जसले रहस्यमयी समाचार लेखेर सेनेगलमा तुफान मच्चाएकी थिइन् ।

‘एउटा भ्रष्टाचार काण्डले मेरो देशलाई हल्लाईरहेको छ र त्यसमा तपाईको नाम छ ।’

‘हामी धेरै चिन्तित थियौं हामीले एउटा आर्टिकल देखेका थियौं जुन तपाईले लेखेको जस्तो लाग्यो ।’

‘म सेनेगल जर्नालिस्ट हुँ र म तपाईसँग कुरा गर्न चाहन्छु ।’

ती सबै मानिसहरु मैले ‘द च्यालेन्ज अफ एक्सप्लोइटिङ नेचुरल रिसोर्सेज इन अफ्रिका’ शीर्षकको आर्टिकल लेखेको हो कि हैन भनेर थाहा पाउन चाहन्थेँ । उक्त आर्टिकल ९ जनवरी २०१९ मा मोडर्न घाना नामको एउटा अपरिचित वेबसाइटमा छापिएको थियो ।

उक्त लेखमा सेनेगलका उपराष्ट्रपति पदका उम्मेद्वार उसमाने सोन्कोले युरोपेली तेल कम्पनीसँग घुस लिएको कुरा लेखिएको थियो । उक्त लेखलाई मिसेल डेमसेनले लेखेकी थिइन् । मेरो नामसँग मात्र एउटा अक्षर फरक थियो । किनभने मेरो नाम मिसेल मैडसेन थियो ।

यो आर्टिकल सेनेगलको राष्ट्रपति चुनावभन्दा केही हप्ता अघि आएको थियो । सोन्को त्यहाँका राष्ट्रपति मेकी सालको मुख्य प्रतिद्वन्द्वी थिए ।

पश्चिमी अफ्रिकामा एक फ्रिल्यान्स खोज पत्रकार भएको नाताले भ्रष्टचार उजागर गर्ने व्यक्तिको रुपमा मैले सेनेगल र तेल कम्पनिहरुमाथि धेरै लेखहरु लेखेकी थिए ।

सोन्कोले आफ्नो पुस्तकमा राष्ट्रपतिका भाइ अलिउ सालमाथि भ्रष्टाचारको आरोप लगाएका थिए । तर राष्ट्रपतिले त्यसलाई खण्डन गरेका थिए । त्यो पुस्तक प्रकाशन भएपछि सोन्कोमाथि मैले पनि लेखेकी थिएँ ।

तर मलाई थाहा छ- मैले मोडर्न घानाको लागि कुनै पनि रिपोर्ट लेखेकी थिइन् । मैले मेरो सम्पर्कमा रहेका सबै पत्रकारहरुलाई यो कुरा बताएकी पनि थिएँ । तर सेनेगलमा प्रकाशित धेरै खबरहरुबाट झस्किए र कति चाँढो त्यो लेखसँग मलाई जोडियो ।

प्रेस अफ्रिकामा प्रकाशित एउटा लेखमा मेरो नाम राखेर त्यो लेख मैले लेखेको भनियो ।

एउटा अर्को समाचार साइट सेनेवेबमा सेनेगलमा व्यापारिक गतिविधि गर्दै आइरहेका एक वेलायती व्यवसायी फ्रैंक टिमसको नाम पनि दिइयो । टिमस राष्ट्रपति सालको भाइका निकटवर्ती मित्र हुन् ।

मलाई र मेरो साथीलाई भर्खरै मात्र सालको भाइसँग जोडिएको मामिलामा जाँच गर्नका लागि आर्थिक सहयोग मिलेको थियो । उक्त कोष नेदरल्याण्डको एउटा पत्रकार परियोजना अन्तर्गत आएको थियो । त्यसमा अक्सफार्मले पनि मद्दत गरेको थियो ।

यसकारण जब न्यूज साइटमा छापिएको आधिकारिक दस्तावेजमा अक्सफार्मको नाम पनि देखियो तब मलाई धक्का लाग्यो । किनभने ती दस्तावेजको बीचतिर तेल कम्पनी टुलोव आयलका मानिसहरुको नाम राखिएको थियो र त्यसमा उसमाने सोन्कोको नाम पनि लेखिएको थियो ।

ती दुवै पक्षले आरोपको खण्डन गरिसकेका छन् । र, तथ्यमाथि जाँच गर्नेहरुले पनि चाढै नै ती दस्तावेजहरु फर्जी भएको घोषणा गरे ।

अक्सफार्मले मलाई तेल कम्पनीबाट आफूले कुनै पनि फण्ड नलिएको बतायो तर उसले सोन्कोलाई ट्रेनिङका लागि पैसा दिएको बतायो । यो सामान्य सत्यकै कारण मानिसहरुले उक्त रिपोर्टको विश्वास गरे ।

त्यसपछि मैले अफ्रिका चेक तथा एएफपी न्यूजको फ्याक्ट चेकिङ टिमलाई भनेँ की मैले मोर्डन घानाको लागि कुनै लेख लेखेकी छैन । त्यसपछि सेनेगलको अखबारमा ती सबै खबर फर्जी भएको खबर प्रकाशित भयो ।

यो पुरै तुफान करिब ४८ घण्टा जति चल्यो । यसबीच मेरो नाम डाकरमा पनि छापियो । अर्को समाचार साइटले त मेरो फेसबुकको तस्वीर झिकेर गरेर आफ्नो समाचारमा राख्यो ।

अब म यो थाहा पाउन चाहान्थे कि आखिर मिसेल डेमसेन को हो र यो फर्जी समाचारर सेनेगलमा कसरी फैलियो ।

यसका लागि मैले मोर्डन घानाका प्रमुख ब्राइट ओवुसुसँग सम्पर्क गरे । उनले त्यो लेख वेबसाइटको विचार पृष्ठमा प्रकाशित भएको र त्यो पृष्ठमा घाना र शेष अफ्रिकासँग जोडिएका विचारहरुलाई स्थान दिने गरेको बताए ।

ओवुसुले मलाई मोडर्न घानामा त्यो लेख प्रकाशित गर्ने मान्छे लेख छपाउन निकै हत्तारिएका थिए र उनलाई त्यसको बदलामा पैसा पनि दिने प्रस्ताव राखेको बताए ।

ओवुसुका अनुसार मोर्डन घानाले विचार पृष्ठमा लेख प्रकाशित गर्न कहिल्यै पैसा लिँदैन । बरु उसले प्रेस विज्ञप्ती प्रकाशित गर्न सय डलरसम्म शुल्क लिन्छ । साथै उनले लेख प्रकाशित गर्न अनुरोध गर्ने व्यक्तिको आवाज अफ्रिकी जस्तो भएको पनि बताए ।

ओवुसुले पठाएको ईमेल र फोन नम्बरबारे खोजी गर्दा त्यो नम्बर अमेरिकामा कुनै बाबा एइडारा नामको व्याक्तिको नाममा दर्ता भएको देखियो ।

यो थाहा पाएर म झसङ्ग भए किनभने बाबा एइडारा एक सेनेगल पत्रपकार हुन् जो अमेरिकामा बस्छन् र सेनेगल सरकारका मुख्खर विरोधी हुन् । उनी मेरो राम्रो साथी पनि हुन् ।

जब मैले एइडारासँग कुरा गरे तब उनले त्यो स्टोरी आफूबाट नआएको बताए । उनले आफूमाथि ह्याकिङ भएको बताए र त्यसको जिम्मेवारी उनले सेनेगल सरकार भएको बताए ।

जब मैले सेनेगलका पत्रकारहरुसँग यस बारेमा सोधेँ, तब उनीहरुले सेनेगलमा चुनाव आइरहेको हुँदा सत्तापक्ष र विपक्षका दुवैतिरबाट फर्जी समाचारको युद्ध चलिरहेको बताए ।

तर धेरै मानिसहरुले त्यो समाचार राष्ट्रपति सालको अभियान टोलीबाट आएको हुनसक्ने बताए । त्यो टिममा डिजिटल कम्युनिकेसन विशेषज्ञ छ जसले यस अघि राष्ट्रपति पदको चुनावको अभियानमा काम गरेका थिए ।

मैले सालको अभियान टिमसँग कुरा गर्ने प्रयास गरेँ । मैले पार्टीका प्रवक्तासँग कुरा गर्ने प्रयास गरे तर कसैले मसँग कुरा गर्ने मानेनन् न त मेरो प्रश्नको उत्तर नै दिएँ ।
तर मलाई सोन्कोले अन्तरवार्ता दिए । उनले मलाई टुलोव ओयलको तर्फबाट कुनै पैसा नलिएको र सरकार उनको छवि बिगार्न पुरै प्रयासरत रहेको बताए ।

जब मैले फोरेन्सिक अनुसन्धानकर्ता ओरेन्जसँग कुरा गरे तब उनले मलाई ओवुसुलाई आउने कलको लोकेसन बताए । साथै ओरेन्जले मलाई एइडाराको फोन ह्याक हुनसक्ने र उनलाई फसाउन सकिने बताए ।

एइडारा भन्छन्, ‘यो फर्जी समाचार प्रकाशित हुँदा फाइदा हुने मात्र दुई पक्ष छन् । एउटा सेनेगल सरकार र अर्को तेल कम्पनी । र उनी यी दुवै पक्षको विरुद्धमा लेख्दै आइरहेका थिए ।’

एक वर्ष बितिसक्यो तर मलाई थाहा छैन कि मिसेल डेमसेन को हो । सायद मलाई कहिल्यै पनि थाहा हुँदैन होला । जसले यो समाचार छपाउन यति प्रयास गर्‍यो, फर्जी दस्तावेज गारी गर्‍यो त्यो कतै लुकेर बसेको छ । यसको खोज मैले बाहेक अरु कसैले गरेको छैन ।

लाग्छ यस्तो किसिमको तुफान खडा गर्न निकै मेहेनत लाग्छ ।

अब त त्यो सबै लेखहरु हटाइसकेको छ । तर एउटा दाग बनेको छ । र फर्जी समाचारको बारेमा यो नै प्रभावशाली र डरलाग्दो कुरा हो । यस्तो कुरा चुनावी मौसममा थप डरलाग्दो हुनसक्छ ।

यदि अर्को पटक यस्तो फर्जी खबर फैलियो भने त्यो खबर र त्यसको असर ज्यादा प्रभावी हुनसक्ने कुरा दिमागमा राख्न आवश्यक छ ।

(यो आलेख ‘द डक्युमेन्ट्रीः माइ फेक न्युज हूजनइट’ को एउटा भाग हो)

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय