scheduleशनिवार मंसिर २० गते, २०७७

अनलाइन क्लासमा नयाँ जुक्ति निकाल्ने यी शिक्षिका भइन् भाइरल

एजेन्सी, ४ असार । लकडाउनको कारण विद्यालयहरु बन्द हुँदा सबैले अनलाइनबाट क्लास लिइरहेका छन् । अनलाइन क्लासका आफ्नै चुनौति पनि छन् । कतै इन्टरनेट छैन त कतै आवश्यक संशाधन पर्याप्त मात्रामा छैन ।

गणित विज्ञान जस्ता लेखेर पढाउनु पर्ने विषय पढाउन समस्या भइरहेको छ । यसबीच एकजना शिक्षिकाको तस्वीर सामाजिक सञ्जालमा यति बेला भाइरल भइरहेको छ ।

ती शिक्षिकाले अनलाइन क्लासका लागि ह्यांगर, कुर्सी, कपडाबाट नयाँ जुक्तिसहित ट्राइपोड बनाएकी छिन् । शिक्षिकाको यो जुक्तिको चर्चा अहिले सामाजिक सञ्जालमा खुब भइरहेको छ । मानिसहरुले उनको तारिफ गरिरहेका छन् ।

रसायनशास्त्र विषयकी ती शिक्षिका मौमिता बीले करिब एक हप्ता अघि उक्त भिडियो लिंक्डइनमा शेयर गरेकी थिइन् । उनले लेखेकी थिइन्, ‘मसँग ट्राइपोड थिए र मैले आफ्नो घरबाट अनलाइन क्लासका लागि भारतीय जुगाड बनाइदिए ।’

उनले आफ्नो फोनलाई ह्याङ्गरमा बाँधेर त्यसलाई डोरीको सहाराले प्लास्टिकको कुर्सीको माथि बाँधिदिइन् र यसरी ट्राइपोड बनाएर फोनलाई अड्काएर अगाडि बोर्डमा लेख्दै पढाइन् ।

लिंक्डइनमा अहिले यो भिडियोले खूब प्रशंसा बटुलिरहेको छ ।

हेर्नुहोस् भिडियो-

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay