scheduleबुधवार आश्विन १३ गते, २०७८

भारतमा कोरोना भाइरस, यस्तो छ पछिल्लो अपडेट

काठमाडौँ, ४ असार । भारतमा कोरोना भाइरसका कारण बुधबारमात्रै ३४१ जनाभन्दा बढी संक्रमितले ज्यान गुमाएका छन् । मंगलबार भारतमा एकै दिन २ हजारभन्दा बढीले ज्यान गुमाएका थिए । कोरोनाका कारण हालसम्म भारतमा १२ हजार २६२ जनाभन्दा बढीको ज्यान गइसकेको छ ।

त्यस्तै संक्रमित थपिने संख्या पनि उत्तिकै डरलाग्दो हुँदै गएको अधिकारीहरुले जनाएका छन् । पछिल्लो रिपोर्ट अनुसार बुधबारमात्रै १३ हजारभन्दा बढी संक्रमित फेला परेका छन् ।

भारतमा हालसम्म ३ लाख ६७ हजारभन्दा बढी संक्रमित रहेका छन् ।

त्यस्तै १ लाख ९४ हजारभन्दा बढी संक्रमित निको भएर घर फर्किएका छन् । झण्डै ९ हजार संक्रमितको अवस्था गम्भीर रहेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय