scheduleबुधवार आश्विन १३ गते, २०७८

नेपाली कामदारको उद्धार जारी : आज मलेसिया, कुवेत र ओमानबाट ल्याइदै

काठमाडाैं, ४ असार । सरकारले विदेशमा अलपत्र परेका नेपाली कामदारको उद्धार जारी राखेको छ । आज मलेसिया, कुवेत र ओमानबाट नेपालीहरूलाई स्वदेश फर्काइँदैछ । कुवेतबाट आममाफीमा सहभागी १ सय ५० जना नेपालीलाई कुवेत सरकारले नै नेपालसम्म ल्याइदिने छ । कुवेतबाट नेपालीलाई लिएर जजिरा एअर काठमाण्डौ आउनेछ ।

उनीहरुरू सबैजनालाई कोरोना जाँचसहित कुवेत सरकारले निःशुल्क ल्याउन लागेको हो । यस्तै, ओमानबाट १८० जना नेपाली स्वदेश फर्कने त्यहाँ रहेको नेपाली दूतावासले जनाएको छ । सलाम एअरले नेपाल सरकारले तोकेकोभन्दा सस्तो भाडादरमा ल्याउन लागेको हो । यस्तै, आजै मलेसियाबाट पनि नेपालीहरू स्वदेश फर्कंदै छन् ।

त्यहाँ समस्यामा परेकामध्ये बिरामी, गर्भवती, जेष्ठ नागरिक लगायतलाई प्राथमिकतामा राखेर दूतावासले आज हिमालय एअरलाइन्सको चार्टर्ड उडानमार्फत स्वदेश पठाउन लागेको हो ।

आज साउदीको रियादबाट नेपाल एअरलाइन्सले उडान भर्ने तालिका भने रद्द भएको छ । आजको सट्टा रियादबाट नेपाल एअरलाइन्सले जुन २१ अर्थात् असार ७ गते उडान भर्ने भएको छ । आजै संयुक्त अरब इमिरेट्स यूएईबाट हुने नेपाल एअरलाइन्सको उडान पनि रद्द भएको छ । हिजोसम्म १३ देशबाट १५ सय ७९ जना स्वदेश फर्किएका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय