scheduleमगलवार श्रावण २० गते, २०७७

चीन-भारत भिडन्तमा किन बन्दुकको सट्टा ढुङ्गामुढा प्रयोग गरिए ?

एजेन्सी, ४ असार । हिमालयको उच्च पहाडी क्षेत्रमा रहेको चीन र भारतको स्वायत्त क्षेत्र विभाजित गर्ने भूमिको किनारमा दुई एसियाली हस्तीहरुबीच एक हप्ता लामो गतिरोधको उत्कर्षपश्चात् भीडन्त भयो ।

चीन र भारत दुवैसँग प्रशस्त मात्रामा घातक आणविक हतियारहरु छन् तर सीमानामा सिपाहीहरु फलामे रड र ढुंगाहरु प्रयोग गरेर भिडे  । उक्त भिडन्तमा परी कम्तीमा पनि २० जना भारतीयहरुको मृत्यु भएको दावी गरिएको छ । सीमा सुरक्षा गार्डहरुबीच पहिले पनि झैझगडा र मुठभेड नभएका भने होइनन् तर यस हप्ताको मृत्यु भने सन् १९६७ पछिकै पहिलो मृत्यु हो ।

आखिर किन प्रयोग भएका थिए फलामे हतियार र ढुंगा ?

चीन र भारतबीच सन् १९९६ मा एउटा सम्झौतापत्रमा हस्ताक्षर भएको थियो जसमा लेखिएको थियो- कुनै पनि पक्षले आफ्नो सैन्य क्षमता प्रयोग गर्ने छैनन् । यस सम्झौताअनुरुप विज्ञहरुका अनुसार विश्वका ठूला सैन्य शक्तिमध्येका यी दुई देशका सेनाले मुट्ठी, चट्टान र काठका ‘क्लब्ज’सहित अस्थायी हतियारहरुको सहारा लिएका छन् । गत मंगलबार भएको भीडन्तमा भारतीय सेनाले आफ्ना २० सैनिकको मृत्यु भएको र १७ जना गम्भीर घाइते भएको दाबी गर्दै आइरहेका छन् ।

‘उनीहरुले फलामका डण्डाले हमला गरे, कमाण्डिङ अफिसर सख्त घाइते भए अनि लडे । जब यो भयो, त्यतिखेर थप सिपाहीहरु आए र ढुंगाले आक्रमण गर्न थाले’ एक भारतीय सरकारी स्रोतलाई उद्धृत गर्दै अष्ट्रेलियन सञ्चारमाध्य एबीसीले खबर लेखेको छ ।

युएनएसडब्ल्यु क्यानबेराका चिनियाँ विदेश नीति विज्ञ, एसोसियट प्रोफेसर डा. झाङका अनुसार यसरी गैरसैन्य हतियारको प्रयोगले दुवै पक्षबीच उत्पन्न हुन सक्ने सम्भावित सैन्य संघर्ष रोक्ने काम गर्ने बताएका छन् ।

चिनियाँ अधिकारीहरुले कुनै हताहतको खुलासा नगरे पनि सरकारी स्वामित्वमा रहेको टेब्लोइड ग्लोबल टाइम्सका प्रमुख सम्पादकले ट्वीट गर्दै भिडन्तमा चिनियाँ सेना पनि मारिएको उल्लेख गरेका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय