scheduleबुधवार श्रावण २१ गते, २०७७

गूगल डुओ एपमा अब एकसाथ ३२ जनाले भिडियो कलिङ गर्न सक्ने


एजेन्सी । गत मे महिनाको सुरुवातमा गूगलले गूगल डुओको वेब भर्सनमा भिडियो कलिङको सुविधा दिने घोषणा गरेको थियो । कम्पनीले उक्त बाचा गरेसँगै फेरी नयाँ घोषणा गरेको छ । गूगलले भर्खरै गूगल डुओको वेब भर्सनमा ग्रुप कलिङको सीमा बढाउने घोषणा गरेको हो ।

गूगल डुओमा अब एकसाथ ३२ जनासम्मले भिडियो कलिङ वा भिडियो कन्फ्रेन्सिङ गर्न सक्छन् । गूगलले यो नयाँ फिचरको जानकारी ट्वीटर मार्फत दिएको हो ।

३२ जनाको कलिङ सुविधा बाहेक गूगलले फेमिली मोड पनि सार्वजनिक गरेको छ । यसको जानकारी गूगलका वरिष्ठ प्रोडक्ट तथा डिजाइन डायरेक्टर सनाज अहारी लेमेलसनले ट्वीटरमार्फत दिएकी हुन् । अब गूगलले चाँडै नै आफ्नो वेब ब्राउजर क्रोममा पनि अपडेट ल्याउने बताएको छ ।

लकडाउनका कारण सबै घरमै बसेर कार्यालयको काम गरिरहेको हुँदा यस्ता भिडियो कलिङ एपको डाउनलोड र प्रयोगमा भारी वृद्धि भएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय