scheduleबुधवार आश्विन १३ गते, २०७८

नेकपाको नागरिकतासम्बन्धि निर्णयको मधेसमा विरोध

काठमाडौं, ७ असार । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) शनिबार बसेको सचिवालयको बैठकले गरेको निर्णयको मधेसमा तीव्र विरोध भएको छ ।

वीरगन्जमा आइतबार विदेशी बुहारीलाई ७ वर्ष पछि वैवहिक नागरिकता दिने नेकपाले गरेको निर्णयको विरोध गर्दै प्रदर्शन भएको छ । बैठकले विदेशी बुहारीलाई ७ वर्ष पछि मात्र नागरिकता दिने निर्णय गरेको थियो ।

समाजवादी पार्टी महानगर समितिले आइतबार घन्टाघरमा विरोध प्रदर्शन गरेको छ । मधेसका कतिपय स्थानमा नेकपा निर्णय विरोध भइरहेको छ ।

प्रदर्शनमा उत्रिएकाहरुले सत्तामा भएको पार्टीले गरेकाे मधेस विराेधी निर्णयलाई सच्याउन माग गरेका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय