scheduleशनिवार मंसिर २० गते, २०७७

डेनमार्कमा कुकुरमा कोरोना भेटियो, पशुहरु परीक्षणमा

प्रतिकात्मक तस्बिर

एजेन्सी, ७ असार । डेनमार्कमा एक कुकुरमा कोरोना संक्रमण भेटिएको छ । समाचार एजेन्सी सिन्हाका अनुसार नर्थ जुटल्याण्डमा हालसालै ४६ जनावरको नमूना लिइएको थियो ।

परीक्षणको क्रममा एक फार्मका मालिकको कुकुरमा कोरोना संक्रमण भेटिएको हो ।

यसअघि विहीबार पश्चिमी डेनमार्कको उत्तरी जुटल्याण्डको एक फार्ममा ११ हजार मिंकहरुको समूहमा कोरोना संक्रमण पाइएको थियो ।

रोग भेटिएपछि उनीहरुलाई मारिएको थियो । डेनमार्क सरकारले देशभर १२० भन्दा बढी फार्महरुका पशुहरुमा कोरोना परीक्षण गरिरहेको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay