scheduleबुधवार श्रावण २८ गते, २०७७

यसरी फस्दैछिन् सुशान्त सिंह राजपुतकी प्रेमिका रिया चक्रवर्ती


मुम्बई, ८ असार । सुशान्त सिंह राजपुतकी प्रेमिका रिया चक्रवर्ती परिबन्धमा फस्ने सम्भावना बढेको छ । उनीविरुद्ध मुद्दा दायर भईसकेको र २४ जुनमा यसको सुनुवाई हुँदैछ ।

हालै ब्रान्द्रा पुलिस स्टेशनमा रियामाथि सोधपुछ भएको थियो । उक्त सोधपुछ दश घण्टा लामो समयसम्म चलेको थियो । अब प्रियाको विरुद्ध मुद्दा दायर भईसकेको छ । सो मुद्दा कुन्दन कुमारले गरेका हुन् । मुद्दामा रियाले सुशान्तलाई माया जालमा फसाएको र सुशान्तबाट धेरै लाभ लिएको आरोप छ ।

मुद्दामा अगाडि सुशान्तले सो सम्बन्धलाई वास्तविक मान्ने गरेको तर रियाले चक्रवर्तीले उनको प्रयोग गरेको लेखिएको छ । मुद्दा दायर गर्ने व्यक्ति कुन्दन कुमारले सुशान्तले रियासँग विवाह गर्न आफ्नो घरमा कुराकानी पनि गरेका थिए । तर रियाले उनलाई छोडेर गइन् ।

यति मात्र होइन रियाले सुशान्तलाई समय समयमा फोन सम्पर्क गरेर उक्साउने पनि गरेकी थिइन् । यसैक्रममा सुशान्तले डिप्रेसनका कारण आत्महत्या गरेको आरोपपत्रमा उल्लेख छ ।

यसअघि रिया स्वयमले पनि दुवैले विवाह गर्ने योजना बनाए र केही दिन अघि उनीहरुबीच झगडा भएर उनले घर छोडेर गएको कुरा पनि रियाले स्वीकार गरेकी छिन् ।

केही दिन अघि मुज्जफरनगरमा बलिउडका ठूला फिल्म ब्यानरविरुद्ध पनि मुद्दा दायर गरिएको छ । जसमा करण जोहर, सलमान खान, एकता कपूर तथा टी सिरिज जस्ता ठूला कम्पनीहरु पनि रहेका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय