scheduleमगलवार श्रावण २० गते, २०७७

यसरी उदाउँदै छिन् उत्तर कोरियाली सत्तामा नयाँ उत्तराधिकारी किम यो जोङ

एजेन्सी, ८ असार । किम यो जोङ केही वर्षमै उत्तर कोरियाको रहस्यमयी शक्तिशाली नेता बनेर उदाइन् ।

उनी उत्तर कोरियाली शासक किम जोङ उनकी कान्छी बहिनी हुन् । भाइ बहिनी मध्येकी एक्ली उनी दाई किम जोङ उनको शक्तिशाली सहयोगी मानिन्छिन् ।

किम यो जोङ पहिलोपटक २०१८ मा अन्तराष्ट्रिय चर्चामा आएकी थिइन् जब दक्षिण कोरिया जाने उनी किम वंशको पहिलो सदस्य बनेकी थिइन् । शित ओलम्पिकको समयमा उनी एक प्रतिनिधिमण्डलको साथमा दक्षिण कोरिया पुगेकी थिइन् ।

सन् २०१८ मा उनले आफ्नो दाजु किम जोङ उनसँग मिलेर कूटनीतिक रणनीतिहरु तय गरेको समेत देखिएको थियो । त्यहीँ वर्ष किम जोङ उनले दक्षिण कोरियाली शासक मूुन जेइ इन, चिनियाँ राष्ट्रपति सि जिनपिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट गरेका थिए । यी भेटघाटले किम यो जोङका लागि अन्तराष्ट्रिय कूटनीतिकको बाटो खोलिदिएको थियो ।

यस वर्ष अप्रिलमा किम यो जोङ फेरी एकपटक आफ्ना दाजुको निकट सहयोगी र वरिष्ठ राजनीतिक भूमिकामा देखिइन् । अप्रिलमा किम जोङ उन अचानक केही हप्ताका लागि सार्वजनिक जीवनभन्दा टाढा रहे । त्यस दौरान उनी हराएको अड्कल पनि लगाइयो ।

यी सबैका कारण किम जोङ उनको मृत्युको आशंका पनि उठे । त्यसै बेला किम यो जोङलाई दाजु किम जोङ उनको उत्तराधिकारीको रुपमा पनि हेरियो ।

किम यो जोङको राजनीतिक कद सबैभन्दा पहिले अक्टोबर २०१७ मा बढेको थियो जब उनी शक्तिशाली पोलिटब्यूरोको सदस्य बनेकी थिइन् । त्यसअघि उनी एउटा महासमितिकी उपनिर्देशक थिइन् जसले किम जोङ उनको सार्वजनिक छवि र नीतिको प्रचार प्रसारको जिम्मेवारी लिएको थियो ।

किम यो जोङमाथि अमेरिकाले मानव अधिकारको उल्लंघनको मामिलामाथि प्रतिबन्ध लगाएको थियो । जसकारण कुनै पनि अमेरिकी नागरिकले उनीसँग वित्तिय कारोबार गर्न सक्दैन थिए ।

किम यो जोङ कति शक्तिशाली  ?
उत्तर कोरियामा सत्ता र शक्तिको आंकलन गर्नु निकै अप्ठ्यारो छ । यसकारण किम जोङ उनको राजनीतिक सञ्जाल कतिको बलियो छ यो बुझ्नु निकै गाह्रो छ ।

भनिन्छ किम यो जोङको विवाह पनि किम जोङ उनको दाहिने हात र पार्टीका सचिव चाइ र्‍योङ हेको छोरासँग भएको छ । यदि यो कुरा सत्य हो भने किम यो जोङ झनै शक्तिशाली छिन् ।

एनके न्यूजका आलिवर हटमले बीबीसीसँग कुराकानीमा बताए अनुसार किम यो जोङ करिब ३० वर्षकी महिला हुन् । दाजु किम जोङ उनको निकटवर्ती भएको कारण उनी निकै प्रभावशाली छिन् । एनके समाचारको अनुसार हालै दक्षिण कोरियालाई उत्तर कोरियाले दिएको कडा जवाफको पछाडि किम यो जोङ नै थिइन् ।

केही दिन अघि उनले उत्तर र दक्षिण कोरया सिमामा सैन्य रहित क्षेत्रमा सेना पठाउने धम्की दिएकी थिइन् । यसअघि उत्तर कोरियाले दक्षिण कोरिया सिमा पारीबाट आउने सत्ताविरोधी कार्यकर्ता र प्रचार सामग्रीहरु रोक्न असफल भएको आरोप लगाएको थियो ।

किम यो जोङले सिमाको नजिकमा बनेको कएसोंगमा बनेको उत्तर र दक्षिण कोरियाको साँझा कार्यालय नष्ट गर्ने धम्की दिएकी थिइन् र मंगलबार मात्र उत्तर कोरियाले वास्तवमा नै त्यो कार्यलय ध्वस्त पारिदिएको खबर आयो ।

१६ जुनमा सो कार्यलय भएको ठाउँमा ठूलो आवाज सुनिएको थियो र त्यहाँबाट धुवा आएको पनि देखिएको थियो । त्यसपछि दक्षिण कोरियाली सरकारले सो कार्यालय ध्वस्त भएको पुष्टि गरेका थिए । दक्षिण कोरियाले सो भवनको मर्मतका लागि करिब ८० लाख डलर दिएको थियो ।

उत्तर कोरिया मार्च २०१९मा सो कार्यलयबाट बाहिरिएको थियो । २०१८ मा कुराकानी पछि दुबै देशले अन्तरदेशीय तनाव कम गर्न सो कार्यालय निर्माण गरेका थिए ।

किम परिवारको उत्तराधिकारी को हुन् ?
यदि शासक किम जोङ उन उत्तराधिकारी चयन गर्छन् भने त्यसमा पारिवारिक सम्बन्धको भूमिका विशेष हुन्छ । उत्तर कोरियाको प्रोपोगाण्डा र राजनीतिक सिद्धान्तको सुरुवात देशका संस्थापक किम इल सुङले गरेका थिए ।

किम जोन उनका सन्तान त छन् तर ती सबै अहिले धेरै साना भएको बताइन्छ । किम यो जोङ किम परिवारकी छोरी भएको कारण किम जोङ उनपछि सत्ताको बागडोर उनको हातमा पुग्ने उत्तर कोरियाली मिडियाहरु विश्वास गर्छन् । यदि अन्य कुनै पात्र उत्तर कोरियाली शासक श्रेणीमा आएमा किम यो जोङ ठूलो प्रतिद्वन्द्वी  बन्ने बताइन्छ ।

सोल स्थित कूकमिन विश्वविद्यालयका फ्योडोर टर्टिस्की भन्छन्, ‘यदि सत्ता परिवारका कुनै पनि सदस्यको हातमा गएन भने किम यो जोङका लागि सजिलो हुनेछ । उनी या त उत्तर कोरियाकी सर्वोच्च शासक बन्ने छिन् वा त सबै शक्ति गुमाउने छिन् ।’

सत्ताधारी परिवारमा किम यो जोङको स्थान के छ?
किम जोङ उन र किम यो जोङ एउटै आमाका सन्तान हुन् । यी दुबैले स्विटजरल्याण्डको बर्नमा एकसाथ बसेर पढेका हुन् ।

स्विट्जरल्याण्डमा उनको विद्यालयका अधिकारीहरुले बताए अनुसार किम यो जोङ सधै आफ्ना गार्ड र केयरटेकरहरुबाट घेरिएर बस्ने गर्थिन् ।

रिपोर्टहरुको अनुसार किम यो जोङ यस्तो सुरक्षा कवचभित्र हुर्किएकी थिइन् कि किम परिवारकै धेरै सदस्यले पनि उनीसँग राम्रो कुराकानी गर्न पाएका थिएनन् ।

किम जो योङ के काम गर्छिन् ?
सन् २०१४ देखि उनको प्रमुख काम भनेको आफ्नो दाजु किम जोङ उनको छविलाई राम्रो बनाउनु थियो । सन् २०१७ मा उनलाई पोलिट ब्यूरोको सदस्य बनाइयो जसमा उनको राजनीतिक कद अझ उच्च भयो । यद्यपी त्यसको साथ साथ उनको दाजुको नीतिको प्रचार प्रसार पनि उनले जारी राखिन् ।

भनिन्छ जब पनि किम जोङ उन सार्वजनिक स्थानहरुमा देखा पर्छन् त्यसको पुरै व्यवस्था किम यो जोङ नै गर्छिन् ।

भनिन्छ कि सन् २०१९ मा जब अमेरिकासँग उत्तर कोरियाको हनोइमा शिखरवार्ता असफल भएपछि पोलिटब्यूरोमा उनको भूमिका केही हदसम्म कमजोर बनाइएको थियो । तर सन् २०२० माउनी आफ्नो पुरानो भूमिकामा फर्केर आएकी थिइन् ।

२०१४ अघि उनी कहिल्यै पनि लाइम लाइटमा आएकी थिइनन् ।

जब उत्तर कोरियामा किम जोङ उनको स्वास्थलाई लिएर अड्कल काटिन थाल्छ तब त्यहाँ उनको उत्तराधिकारीको अड्कल काटिन पनि सुरु हुन्छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय