scheduleबुधवार श्रावण २१ गते, २०७७

रेड गोल्डः विश्वकै महंगो मसला, प्रति किलो मूल्य कति ?

एजेन्सी, ८ असार । विश्वमा यस्ता धेरै मसलाहरु छन् जुन आफ्नो स्वादका कारण चर्चित छन् । तर यहिँ विश्वमा एउटा यस्तो मसला पनि छ जुन आफ्नो मूल्यको लागि चिनिन्छ ।

यो मसलाको नाम हो केसर हो । यसलाई विश्वकै सबैभन्दा महंगो मसला र यसको विरुवालाई विश्वकै सबैभन्दा महंगो बिरुवा मानिन्छ ।

यसलाई फ्रान्स, स्पेन, ईरान, इटली, ग्रिस, जर्मन, जापान, रुस, अस्ट्रेलिया, तुर्किस्तान, चीन, पाकिस्तान र स्विटजरल्याण्डमा फलाइने गरिन्छ । साथै भारतको जाम्मुकाश्मिरमा पनि यसको खेती गरिन्छ ।

बजारमा यसको मूल्य भारु अढाईदेखि तीन लाख प्रतिकिलोको बीच छ । यसको मूल्य महंगो हुनुपछाडीको कारण भनेको यसको करिब डेढ लाख फूलबाट करिब एक किलो मात्र सुख्खा केसर निस्कन्छ ।

सुन जस्तै महंगो भएको कारण यसलाई रेड गोल्ड पनि भन्ने गरिन्छ । भनिन्छ करिब २३ सय वर्षअघि युनानका पहिलो सिकन्दर महान्का सेनाले यसको खेती गर्दथे ।

आजको समयमा केसरको सबैभन्दा धेरै खेती स्पेनमा हुने गर्दछ । केसरको फूलको बासना यति बलियो हुन्छ कि वरीपरिको क्षेत्र नै सुगन्धित हुन्छ । रोचक कुरा के छ भने एउटा फूलमा मात्र तीनवटा केसर पाइन्छ ।

आयुर्वेद औषधि, खाद्य व्यन्जन र देवताको पुजा गर्न यसको प्रयोग गरिन्छ । यसबाहेक गुटखामा पनि यसको प्रयोग गरिन्छ । केसरलाई रक्त शोधक, न्यून रक्तचाप ठिक गर्नका लागि एकदमै उपयोगी मानिन्छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय