scheduleबुधवार आश्विन १३ गते, २०७८

भारतमा कोरोना भाइरस, एकैदिन ४२६ जनाभन्दा बढी संक्रमितले ज्यान गुमाए

काठमाडौँ, ८ असार । भारतमा कोरोना भाइरसका कारण आइतबारमात्रै ४२६ जनाभन्दा बढी संक्रमितले ज्यान गुमाएका छन् । कोरोनाका कारण हालसम्म भारतमा १३ हजार ७०३ जनाभन्दा बढीको ज्यान गइसकेको छ ।

त्यस्तै संक्रमित थपिने संख्या पनि उत्तिकै डरलाग्दो हुँदै गएको अधिकारीहरुले जनाएका छन् । पछिल्लो रिपोर्ट अनुसार आइतबारमात्रै १५ हजारभन्दा बढी संक्रमित फेला परेका छन् ।

भारतमा हालसम्म ४ लाख २६ हजारभन्दा बढी संक्रमित रहेका छन् ।

त्यस्तै २ लाख ३७ हजारभन्दा बढी संक्रमित निको भएर घर फर्किएका छन् । झण्डै ९ हजार संक्रमितको अवस्था गम्भीर रहेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय