scheduleशुक्रवार मंसिर १९ गते, २०७७

बाबाकै कारणले यहाँसम्म आएकी हुँ: सोनम कपुर

एजेन्सी, ८ असार । बलिउड कलाकार सुशान्त सिहं राजपूतको मृत्यु पश्चात् सामाजिक सञ्जालमा परिवारवादको बारेमा चर्को बहस चलिरहेको छ । मानिसहरुले स्टारकिडहरुलाई लक्षित गर्दै निशाना साधेका छन् र आरोप लगाएका छन् कि केही फिल्म निर्माताहरुले उद्योगबाहिरका प्रतिभाहरुलाई काम गर्न कम अवसर दिए ।

यसै विषयमा विवादमा तानिएकी नायिका सोनम कपुरले ‘फादर्स डे’को अवसरमा आफ्नो भनाइ राखेकी छिन् ।

सोनम कपुर सामाजिक सञ्जालमा व्यापक ‘ट्रोल’ भइरहेकी छिन् र उनलाई लक्षित गरी विभिन्न टिप्पणीहरु समेत गरिएका छन् ।

यसैबीचमा उनले इन्स्टाग्रामको कमेन्ट सेक्सन पनि बन्द गरेकी छन् र विभिन्न टिप्पणीहरुको जवाफ दिँदै एउटा ट्वीट गरेकी छन् ।

सोनम कपुरले ट्वीटर ह्यान्डलमा लेखेकी छन्, ‘आज पिता दिवसको दिन म के भन्न चाहन्छु कि हो म पनि बाबाकै छोरी हुँ, र म उहाँ (अनिल कपुर) कै कारणले यो स्थानसम्म आइपुगेकी छु जुन मेरो सौभाग्य हो ।’

उनले अगाडि लेखेकी छिन्, ‘यो कुनै अनादर हैन, मेरा बुबाले मलाई यो सबथोक दिनका लागि कडा मेहनत गर्नुभएको छ । मैले जहाँ जन्म लिएँ त्यो मेरो कर्म हो र उहाँको छोरी भएकामा मलाई गर्व छ ।’

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay