scheduleमगलवार श्रावण २० गते, २०७७

एमसीसी पारित गर्न नेकपामा महाकाली सन्धिकै दृश्य दोहोरिँदै!

काठमाडौं, ८ असार । असार १५ को आसपास नेपालमा ठूलो राजनीतिक भुँइचालोको सम्भावना बढेको छ । झण्डै दुई तिहाई बहुमत बोकेको शक्तिशाली नेकपाका अध्यक्षद्वय केपी ओली र प्रचण्डको निवासतिर बढिरहेको बाक्लो भेटघाटले यस्तै संकेत गर्दछ ।

नेकपाको उच्च स्रोतका अनुसार ओली नेतृत्वको सरकारमा नेपाली कांग्रेसको प्रवेश र केही नेकपाका मन्त्रीहरु बाहिरिएको दृश्य हेर्नुपरे पनि हुनसक्छ ।

प्रसंग हो, एमसीसीको । प्रधानमन्त्री केपी ओली संसदबाट अमेरिकी सहायता परियोजना एमसिसी ‘जसरी पनि’ पारित गराउने तयारीमा रहेका छन् । यो कुरा उनले लुकाएका छैनन् । दुवै संसदका पटकपटकको सम्बोधनमा यसबारे उनले खुलेरै कुरा गरिरहेका छन् ।

एमसीसीको विरोध गर्नेहरुलाई नपढेका मान्छेको संज्ञा समेत हुने राष्ट्रियसभाको बैठकबाट दिइसकेका छन् । एमसीसी जसरी पनि पारित गर्ने बाटोमा नेकपाकै प्रचण्ड-माधव नेपाल समूहको अवरोध आएमा त्यसले नेपाली राजनीतिक क्षितिजमा नयाँ सत्ता समीकरणको दृश्य देख्नुपर्ने हुनसक्छ- त्यो हो नेकपामा ओली समूह र नेपाली कांग्रेसबीचको सत्ता सहकार्य ।

यो पनि-

एमसीसीमा पनि महाकाली बेच्नेकै लामो हात !

कांग्रेसको यस्तो हतारोसँग दुईटा स्वार्थ जोडिएको छ- पहिलो, नेकपाको विवाद उत्कर्षमा पुर्‍याउने र सरकार ढाल्ने, दोस्रो, एमसीसीबारे आफ्नो पुरानो प्रतिवद्धता पूरा गरेर शक्ति केन्द्र रिझाउने ।

एकपटक महाकाली सन्धिताकाको समय याद गरौं । त्यतिबेला सन्धिको पक्ष र विपक्षमा मतदान नै भयो । झण्डै सांसद किनबेचसम्मको अवस्था बन्यो । केहीले तटस्थको नाटक गरे । मनमोहन अधिकारी जस्ता नेता बिरामी भएको बहाना गर्दै अस्पतालमा भर्ना हुनुपर्ने अवस्था आयो । उनको ठाउँमा भोट हाल्न मर्यादाक्रम मिचेर पात्र छनौट समेत गरियो । अन्ततः महाकाली सन्धि पारित भयो तर नेकपा फुट्यो ।

एमसीसीमा पनि यस्तै दृश्य दोहोरिन सक्छ । यसै साता नेकपा संसदीय दलको बैठक आह्वान हुनसक्छ । दलका नेता केपी ओली छन् भने उपनेता सुवासचन्द्र नेम्वाङ । त्यसैले संसदीय दलको बैठक बोल्न कुनै अप्ठेरो छैन ।

आउँदो बुधबार बोलाइने सम्भावना रहेको नेकपाको स्थायी समिति बैठक बस्नुअघि नै ओली ‘बिरामी’ देखिन सक्छन् वा कुनै बहाना खोजेर बैठक स्थगित हुनसक्छ । सिधै संसदीय दलको बैठक बोलाएर एमसीसीमा आफ्नो समूहको बहुमत देखाउने र त्यही बहुमतको आधारमा ह्वीप जारी गर्ने तयारी रहेको नेकपा उच्च स्रोतको दावी रहेको छ ।

यसबीच शेरबहादुर देउवासँग भएको भेटमा ओलीले कांग्रेसको मत एमसीसीको पक्षमा आउने बचनवद्धता दिइसकेका छन् । कांग्रेसले संसदबाटै यसबारे मुख खोलिसकेको छ । यस्तो लाग्छ, एमसीसी पारित गर्न नेकपाभन्दा कांग्रेसलाई हतारो छ ।

कांग्रेसको यस्तो हतारोसँग दुईटा स्वार्थ जोडिएको छ- पहिलो, नेकपाको विवाद उत्कर्षमा पुर्‍याउने र सरकार ढाल्ने, दोस्रो, एमसीसीबारे आफ्नो पुरानो प्रतिवद्धता पूरा गरेर शक्ति केन्द्र रिझाउने ।

तर, एमसीसी पारित गर्नका लागि खड्गप्रसाद ओलीलाई सभामुख अग्नीप्रसाद सापकोटाको खड्को छ । ओलीले सभामुख सापकोटालाई यसबारे मुखै खोलेर कुरा गरिसकेका छन् । ‘संसदमा पोहोरै दर्ता भएसकेको छ । यसलाई अघि बढाउनोस् । नत्र तपाईंले सकेको तपाईं गर्नुस्, मैले सकेको म गर्छु !’

यस्तो धम्कीपूर्ण प्रस्ताव आएपनि अर्का अध्यक्ष प्रचण्डका कारण सभामुख पदमा पुगेका सापकोटा सजिलै नगल्न सक्छन् । उनले पक्कै पनि प्रचण्डकै सुविधाअनुसार काम गर्नेछन् ।

त्यसो त, अग्निका लागि स्थायी समिति एउटा सजिलो ढाल बन्न सक्छन् । उनले ओलीलाई पार्टीबाट निर्णय गराएर आउनुस् वा अन्य केही भन्न सक्छन् । किनभने स्थायी समिति र झण्डै झण्डै सचिवालयमा पनि ओली अल्पमतमै छन् ।

यसरी एमसीसी पारितका लागि सरकार परिवर्तनसम्म हुनसक्ने बारे प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीलाई जानकारी दिइसकेको स्रोतले बताएको छ । केही दिनअघि राष्ट्रपति निवासमा अध्यक्षद्वयको जम्काभेट संयोय नभएर संयोजन भएको खुमलटारको बुझाई छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय