scheduleबुधवार श्रावण २१ गते, २०७७

अनुसन्धानकर्ताहरूको विश्वासः वातावरणीय परिवर्तनले कोरोनाको स्थिरतामा असर पार्छ

एजेन्सी, ८ असार । वातावरणमा आउने विभिन्न परिवर्तनले कोरोनाभाइरसको स्थिरतामा असर पार्ने एक अध्ययनले देखाएको छ । भारतीय समाचार संस्था ‘पीटिआइ’ले जारी गरेको रिपोर्टका अनुसार विभिन्न महामारी रोगका लागि अनुकुल पर्ने मौसमकै बेला ती रोगका संक्रमणहरु उच्च मात्रामा देखिन्छ ।

र, त्यसैअनुरुप नै कम आद्रता तथा न्यानो वातावरणमा कोरोनाभाइरसको स्थिरता कम रहने खोजकर्ताहरुको अवलोकन र अनुसन्धानको निष्कर्ष छ ।

उनीहरुको अध्ययन संक्रामक रोग तथा इन्जिनियरिङ जर्नलमा प्रकाशित भएको थियो जसका अनुसार उनीहरुले मानव र्यालसँग मिसाइएको कोरोनाभाइरसको नमूनालाई एक हप्तासम्म तीन फरक तापमान र आद्रतामा राखी परीक्षण गरेका थिए ।

उनीहरुले हप्ताभरिको अध्ययनका क्रममा अवलोकन गरे कि भाइरल ‘आरएनए’ निरन्तर सक्रिय नै थियो यद्यपि उक्त संक्रमक भाइरसलाई एकपटक सक्रिय भएपश्चात् करिब १२ देखि ४८ घण्टासम्म त्यसको सक्रियता अवलोकन गर्न सकिन्थ्यो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय