scheduleशुक्रवार कार्तिक १४ गते, २०७७

पाल्पामा सोमबार थपिए ८२ संक्रमित

पाल्पा, ८ असार । पाल्पामा सोमबार ८२ जना कोरोना संक्रमित थपिएसँगै जिल्लामा संक्रमितको संख्या १७३ पुगेको छ।

पूर्वखोला गाउँपालिका–१ सिलुवास्थित अकला आधारभूत विद्यालयको क्वोरन्टाइनमा बसेका ३५ जना, वडा नम्बर ३ रिङ्नेरहको जनउज्जवल आधारभूत विद्यालयको क्वारेन्टाइनमा बसेका २३ र वडा नम्बर ५ वीरकोटस्थित गणपति माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बस्दै आएका २२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका निमित्त प्रमुख विश्व न्यौपानेले बताए ।

उनीहरू १ वर्षदेखि ५५ वर्ष उमेर समूहका रहेका एक बालक र एक बालिकासहित ६५ पुरुष र १५ जना महिला रहेको बताइएको छ ।

हालसम्म जिल्लामा  ५ संक्रमित निको भएर घर फर्किएका छन् भने एक जनाको मृत्यु भएको छ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay