scheduleबिहिवार आषाढ़ १८ गते, २०७७

नेपाली समाज अष्ट्रेलिया एनएसडब्लुको नेतृत्वमा राई

सिड्नी, ८ असार । नेपाली समाज अष्ट्रेलियाको एनएसडब्लु राज्य संयोजकमा राम सिप्तुङ्खा राईलाई मनोनित भएका छन् । गत साता बसेको नियमित बैठकले राईलाई मनोनित गरेको हो ।

नेपालमा पाँचथरमा जन्मिएका राई विगत १३ वर्षदेखि अस्ट्रेलियामा बसोबास गर्दै आएका छन् । उनी विभिन्न संघसंस्थामार्फत् सामाजिक क्रियाकलापमा सक्रिय रहँदै आएका छन् ।

Dish_Home

राईलाई सफल कार्यकालको लागि बधाई दिंदै प्रवास समितिका उपाध्यक्ष सुवान चौलागाईले उनको नेतृत्वमा नेपाली समाज एनएसडब्लु समितिले नेपाली समुदायको हितमा र दुःखसुखमा प्रभावकारी काम गर्ने विश्वास राख्दै बधाई दिए ।

संयोजक राईले संगठनले दिएको कार्यभार सबै पक्षसँग समन्वय गर्दै संगठनको हित र नेपाली समुदायको हितलाई प्रथामिकता राखेर निर्वाह गर्ने प्रतिबद्धता जनाएको समाजका महासचिव सन्तोष आचार्यले जानकारी दिए ।

बैठक नेपाली समाजका अध्यक्ष गणेश तामाङको अध्यक्षतामा बसेको थियो ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय