scheduleबुधवार श्रावण २८ गते, २०७७

अदालत न्यायाधीशविहिन हुँदा मुद्दा फर्छ्यौटमा ढिलासुस्ती

हरिकृष्ण ऐडी/मुगु, ८ असार । न्यायाधीशहरुको अनुपस्थितिका कारण जिल्ला अदालत मुगुमा मुद्दा फर्छ्यौटको काममा ढिलासुस्ती भएको छ । जिल्लामा मंसिर मसान्तदेखि अहिलेसम्म न्याधीश पुगेका छैनन् ।

जिल्ला अदालतमा २०७६ मंसिरको २ गते सर्वोच्च अदालतको पत्रअनुसार न्यायाधीश रोमनाथ अधिकारि सिराहा जिल्ला अदालतमा काजको लागि गए । उनको कार्यकालमा जम्मा ३३ वटा मुद्दाहरु फर्छ्यौट भएको थियो ।

न्यायाधीश अधिकारी काजमा गएपछि उनको स्थानमा सुर्खेत अदालतबाट मुगु जिल्ला अदालतमा काजमा न्यायाधीश प्रल्हादकुमार योगी खटाइएको छ । तर उनी असार महिनाको पहिलो हप्तासम्म जिल्ला आइपुगेका छैनन् ।

जिल्ला अदालतमा दर्ता भएका ५४ मुद्दाहरु न्यायाधीश समयमा नआउँदा फर्छ्यौट हुन सकेका छैनन् । श्रेस्तेदार निर्मलाकुमारी खड्काका अनुसार न्यायाधीश योगीले सुर्खेत र मुगु दुवैतिर हेर्नुपरेकोले समयमा आइपुग्न नसकेका हुन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय