scheduleमगलवार कार्तिक ४ गते, २०७७

पाल्पाको तानसेन-रिडी सडकखण्डमा पहिरो, २ जनाको मृत्यु

पाल्पा, ८ असार । पाल्पाको तानसेन-रिडी सडकखण्डमा पहिरोले ४ वटा सवारी साधन बगाउँदा २ जनाको मृत्यु भएको छ भने गम्भीर घाइते एकजनाको उद्धार गरी अस्पताल पठाइएको छ ।

सदरमुकाम तानसेन देखि ७ किलोमिटर टाढा सम्मोबारी नजिकै पहिरो खस्दा एउटा जीप, एउटा मिनी ट्रक, एउटा कार र  एउटा ट्यांकर बगाएको हो ।

दिउँसैदेखि पहिरोले अवरुद्ध सडकमा सवारी साधन रोकेर पहिरो हटाइरहेका बेला अचानक सवारी साधन रोकिएकै स्थानबाट पहिरो खसेको थियो ।

पहिरोले बगाएका सवारीमा कतिजना थिए भन्ने यकिन विवरण प्राप्त भएको छैन । घटनास्थलमा नेपाली सेना,सशस्त्र प्रहरी र नेपाल प्रहरीसहित उद्धारकर्मीहरु पुगेका छन्  र अहिले पहिरो हटाउने काम भइरहेको छ ।

घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay