scheduleबुधवार श्रावण २१ गते, २०७७

क्वारेन्टाइनबाट कोरोना संक्रमित युवक फरार


सप्तरी, ८ असार । सप्तरीमा कोरोना संक्रमित एक युवक सोमबार क्वारेन्टाइनबाट भागेका छन् । हनुमाननगर कंकालिनी नगरपालिका-१ स्थित बीपी मावि भारदहको क्वारेन्टाइनबाट स्थानीय २४ वर्षीय पुरुष फरार भएका हुन् ।

उनी पानी परेको मौका छोपेर क्वारेन्टाइनबाट भागेका हुन् । सुरुमा अरुसँगै क्वारेन्टाइनमा बसेका उनलाई कोरोना संक्रमण पुष्टि भएपछि छुट्टै राखिएको थियो ।

जनपथ प्रहरी र सशस्त्र प्रहरीले फरार युवाको खोजी गरिरहेको जनाएको छ । उनलाई गाउँमा फेला पार्न नसकेपछि सीमावर्ती भारतको विहार कुनौलीस्थित ससुराली घरमा लुकेको आशंका गरिएको छ । उनले दुई विवाह गरेका छन् ।

उनी भारतको छत्तिसगढबाट जेठ २२ गते नेपाल आएका थिए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय