scheduleबुधवार श्रावण २८ गते, २०७७

टी-सिरिजका मालिक भुषणविरुद्ध यसकारण जंगिए सोनु निगम


एजेन्सी, ९ असार । बलिउड अभिनेता सुशान्त सिंहको आत्महत्यापछि धेरै कलाकारहरुले फिल्म उद्योगमा भाइ-भतिजावाद भएको खुलेरै टिप्पणी गरेका छन् ।

यसबीच गायक सोनु निगम पनि यही गुनासो लिएर सामाजिक सञ्जाल इन्स्टाग्राममा देखिए । केही दिनअघि उनले बलिउडमा फिल्म र संगीत दुवै उद्योगमा नातावाद कृपावाद चल्ने गरेको आरोप लगाएका थिए ।

यसबीच सोनु निगमले पुनः दोस्रो भिडियो इन्स्टामा पोस्ट गरेका छन् । जहाँ उनले बलिउड फिल्म ब्यानर टी-सिरिजका मालिक भुषण कुमारमाथि आक्रोश पोखेका छन् । उनले बलिउडका केही मानिसहरु गलत खबर फैलाइरहेको आरोप लगाएका छन् ।

उनले आफूले पहिलो भिडियोमा कसैलाई पनि तोकेर केही नभनेको तर लातको भूत बातले नमान्ने भन्दै भुषण कुमारलाई तँ शब्द प्रयोग गरेर गाली गरेका छन् ।

उनले मरिना कुवरले काम छोडेको विषयमा युट्यु च्यानलमा भिडियो भाइरल गरिदिने धम्की दिदैँ आफूसँग बदला नलिन भुषण कुमारलाई चेतावनी दिएका छन् ।

उनले भुषण कुमारलाई संगीत उद्योगको माफिया भएको आरोप लगाएका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय