scheduleशुक्रवार मंसिर १९ गते, २०७७

बाबुका कारण बलिउडमा स्थापित भएका यी तीन चर्चित अभिनेताहरु

काठमाडौँ, ९ असार । बलिउडका केही यस्ता चर्चित अभिनेताहरु रहेका जो आफ्नो पिताका कारण बलिउडमा आफुलाई स्थापित गराउन सफल भए । सुरुका दिनहरुमा ती स्टारहरुलाई घरेलु व्यानरबाहेक अन्य फिल्म निर्माताले भने पत्याएका थिएनन् ।

तर, विस्तारै समय बित्दै गर्दा उनीहरुले आफ्नो स्टारडम भने बनाउन सफल भए । केही अभिनेताहरु आज पनि उत्तिकै चर्चित र सक्रिय रहेका छन् तर, कतिपयको भने करिअर नै धरापमा रहेको छ ।

बिग बि अमिताभ बच्चनका छोरा अभिषेक बच्चन पनि पिताकै कारण बलिउडमा टिकिरहेका एक अभिनेता हुन् । तर, पछिल्लो समय उनको करिअर धरापमा रहेको छ ।

उनलाई फिल्म निर्माताहरुले पत्याउन छोडेका छन् । होम व्यानरका फिल्ममा उनी देखिदै आएका छन् । त्यस्तै अर्का चर्चित अभिनेता हुन् संजय दत्त ।

सुनिल दत्तले छोरा संजय दत्तलाई बलिउडमा स्थापित गराउन ठुलै संघर्ष गरे । सुनिल दत्तले यो संसार छोडेर गइसके पनि छोरालाई बलिउडमा स्थापित गराउन भने सफल रहे ।

सुरुका दिनमा होम व्यानरका फिल्मबाट बलिउडमा उदाएका ऋतिक रोशन भने पछिल्लो समय आफ्नै बलबुतामा बलिउडमा आफ्नो स्टारडम बनाउन सफल भएका छन् ।

राकेश रोशनले उनको करिअर जोगाउन ठुलै संघर्ष गरेका थिए ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay