scheduleबुधवार श्रावण २१ गते, २०७७

नयाँ अनुसन्धानको निष्कर्ष- कोरोना भाइरस कमजोर हुँदैछ र आफैँ हराएर जानसक्छ

एजेन्सी, ९ असार । एक इटालियन डाक्टरले कोरोना भाइरस कम खतरनाक हुँदै गएको र अब कुनै खोपबिनै आफैँ हराएर जाने विश्वास गरेका छन् ।

न्यूयोर्कपोस्टमा प्रकाशित खबरका अनुसार स्यान मार्टिनो अस्पतालका संक्रामक रोग क्लिनिकका प्रमुख डा. माटेओ बसेट्टीले भने कि भाइरस सम्भवतः आनुवंशिक उत्परिवर्तनका कारण कम शक्तिशाली भएको देखिन्छ । भाइरसको तीव्रतामा केही परिवर्तन आइरहेको उनको विश्वास छ ।

‘मार्च र अप्रिलमा जुन तरिकाले मानिसहरुको उपचारमा जटिलता थियो, त्यसले त्योबेला यस भाइरसको ढाँचा विल्कुलै फरक रहेको देखिन्थ्यो’, उनले भनेका छन् । उनले अगाडि थपे, ‘त्यसबेला यो आक्रामक बाघजस्तै थियो र अहिले जंगली बिरालो जस्तो भएको छ ।’

उनका अनुसार भाइरस कमजोर हुनुको एउटा कारण यसले सामाजिक दूरीका उपायहरूको प्रतिक्रियामा गरेको उत्परिवर्तन पनि हुन सक्छ ।

उनले भने, ‘मलाई लाग्छ लकडाउन, मास्क लगाउने, सामाजिक दूरीका कारण हाम्रो प्रतिरक्षा प्रणालीले भाइरसविरुद्ध प्रतिक्रिया गर्दछ र भाइरस उत्परिवर्तन भएको छ । त्यसैले हामीसँग अब कम भाइरल लोड छ । तर हामीले सर्तकता भने अपनाइराख्न जरुरी छ ।’

तर अर्का विशेषज्ञले भने भाइरस छिट्टै हराउने सम्भावनाको बारेमा कम आशावादी रहेको बताउँदै यसलाई वर्षौं लाग्न सक्ने बताएका छन् । युके युनिभर्सिटी अफ एक्स्टेक्टर मेडिकल स्कूलका प्राध्यापक डा. भरत पनखानियाले भने, ‘म यो चाँडै नै मर्ने आशा गर्दिन।’

 

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय