scheduleबुधवार श्रावण २८ गते, २०७७

कर्णालीमा थपिए २५ जना कोरोना संक्रमित, १३०० नाघ्यो संक्रमितको संख्या

सुर्खेत, ९ असार । कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा थप २५ जना कोरोना संक्रमित थपिएका छन् ।

सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षणबाट थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या १३ सय ७ पुगेको छ ।

कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार दैलेखका १९, सुर्खेतका ५ र कालीकोटका एकजनामा कोरोना पुष्टि भएको छ ।

कर्णालीमा ५६० कोरोना संक्रमित निको भइसकेका छन् भने ५ जनाको मृत्यू भएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय