scheduleबुधवार श्रावण २८ गते, २०७७

ब्याटम्यानका निर्देशक सुमाकरको निधन

Photo: Shutterstock

एजेन्सी, ९ असार । अमेरिकी फिल्म निर्देशक जोल सुमाकरको ८० वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि क्यान्सरसँग जुधिरहेका उनको सोमबार विहान न्यूयोर्कमा देहान्त भएको हो ।

दुई ब्याटम्यान चलचित्रसँगै सुमाकरले ‘सेन्ट एल्मोज फायर ‘, ‘दि लस्ट ब्वाइज ‘ र ‘फलिङ डाउन ‘ पनि निर्देशन गरेका छन् ।

सुमाकरले १९८० र १९९० को दशकका बेला आफ्नो फेसन पृष्ठभूमिलाई फिल्मी क्षेत्रसम्म पुर्‍याए जुन कुरालाई खुलेर प्रशंसा कमै गरिए पनि त्यसले युगको भावनालाई बोक्ने गरेकोले दर्शकहरुले मन पराउने क्रम पनि रोकिएको थिएन ।

सुमाकरको पहिलो फिल्म, ब्याटम्यान फरेभरले विश्वव्यापी रूपमा ३०० मिलियन डलरभन्दा भन्दा बढी कमाइ गरेको थियो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय