scheduleबुधवार श्रावण २८ गते, २०७७

कर्णालीमा उपचारत एक कोरोना संक्रमितको मृत्यू

काठमाडौं, ९ असार । दैलेखका कोरोना संक्रमणबाट ग्रसित एक बिरामीको उपचारको क्रममा मृत्यू भएको छ । कर्णाली प्रदेश अस्पताल सुर्खेतको सघन उपचार कक्षमा उपचार गराइरहेका ४५ वर्षीय पुरुषको मृत्यु भएको हो ।

दुल्लु नगरपालिका वडा नं. ३ घर भएका क्षयरोगका बिरामी ती पुरुषलाई कोरोना संक्रमण देखिएपछि जेठ २ गते अस्पताल भर्ना गरिएको थियो ।

योसँगै कर्णालीमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५ पुगेको छ भने नेपालमा कोरोनाबाट मृत्यू हुनेको संख्या २४ पुगेको छ ।

यसअघि कर्णालीको दैलेख र डोल्पामा एक/एकजना तथा सुर्खेतमा दुई जनाको मृत्यु भएको थियो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय