scheduleसोमवार मंसिर १५ गते, २०७७

रामदेवको कोरोना औषधिमा सरकारको प्रतिबन्ध, प्रचारप्रसार नगर्न निर्देशन

नयाँ दिल्ली, ९ असार । रामदेवको पतञ्जली आयुर्वेद लिमिटेडले मंगलबार सार्वजनिक गरेको कोरोना औषधिलाई भारत सरकारले प्रतिबन्ध लगाएको छ ।

‘कोरोनिल’ नामको उक्त औषधिलाई रामदेवले तामझामपूर्वक सार्वजनिक गरेका थिए । मंगलबार साँझ नै भारतको आयुष मन्त्रालयले उक्त कम्पनीले ल्याएको कोरोनिल औषधिको प्रचारप्रसारमा पनि रोक लगाएको छ ।

मन्त्रालयले कम्पनिलाई यस किसिमको औषधिको विज्ञापन तत्काल रोक्न समेत आग्रह गरेको छ । मन्त्रालयले यो विषयमा राम्रोसँग अनुसन्धान भइनसकेोले विज्ञापन गर्नु उचित नहुने जनाएको छ ।

पतञ्जलीले कोरोना उपचारका लागि भनेर सार्वजनिक गरेको औषधिको वैज्ञानिक अध्ययन नभइसकेको मन्त्रालयले स्पष्ट पारेको छ ।

रामदेवले काेराेनाकाे बिरामीलाइ आफूले उत्पादन गरेकाे औषधीकाे परीक्षण प्रयाेग गरेर ठीक पारेका दावी गरेका थिए । मन्त्रालयले उक्त औषधीकाे कम्पाेजिसन, परीक्षण गरिएकाे अस्पतालकाे विवरण, प्राटाेकल, स्याम्पल साइज, परिक्षणकाे इथिकल कमिटीकाे क्लियरेन्स आदि विवरण समेत मागेकाे छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay