scheduleसोमवार मंसिर १५ गते, २०७७

महामारीमा पनि भेदभाव, मुस्लिम समुदायको आपत्ति

प्रतिकात्मक तस्बिर

एजेन्सी, १० असार । श्रीलंकाका मुसलमान समुदायलले सरकाले कोरोना भाइरसको नाममा आफूहरुमाथि भेदभाव गरेको आरोप लगाएका छन् ।

कोरोना भाइरसका कारण भएका मृत्युको मामिलामा प्रशासनले जबरजस्ती शवलाई जलाएको उनीहरुको आरोप छ । इस्लाम धर्ममा यो प्रतिबन्धित छ । इस्लाम धर्मावलम्बीहरुलाई जमिनमा गाड्ने गरिन्छ ।

४४ वर्षीया फातिमा रिनोजाको कोरोनाका कारण मृत्यु भएपछि उनको परिवारजनमाथि प्रहरीले ज्यादती गरेको फातिमाको श्रीमानले बताएका छन् ।

प्रशासनले उनको परिवालाई नियन्त्रणमा लिएर सबैलाई घरबाहि निकाली दिई घरभित्र किटनाशक औषधि छर्किदिएको र सबैलाई पशुजस्तै व्यवहार गरी क्वारेन्टाइनमा लगेको बताए ।

मृत्युपछि फातिमाको शव परिवालाई बुझाउन नमानेको प्रशासनले जबरजस्ती उनको छोरालाई फातिमाको मृत्युसंस्कार जलाएर गरिने दस्तावेजमा मन्जरीका लागि हस्ताक्षर गराएको परिवारजनको गुनासो छ ।

अहिले श्रीलंकाका मुसलमानहरु सरकारले कोरोना भाइरसको आडमा आफूहरुमाथि भेदभाव गरेको आरोप लगाउँदै आएका छन् ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay