scheduleबुधवार आश्विन १३ गते, २०७८

भारतमा कोरोना कहर, एकैदिन ४६८ जनाभन्दा बढीको मृत्यु

काठमाडौँ, १० असार । भारतमा कोरोना भाइरसका कारण मंगलबारमात्रै ४६८ जनाभन्दा बढी संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाका कारण हालसम्म भारतमा १४ हजार ४८३ जनाभन्दा बढीको ज्यान गइसकेको छ ।

त्यस्तै संक्रमित थपिने संख्या पनि उत्तिकै डरलाग्दो हुँदै गएको अधिकारीहरुले जनाएका छन् । पछिल्लो रिपोर्ट अनुसार मंगलबारमात्रै १५ हजारभन्दा बढी संक्रमित फेला परेका छन् ।

भारतमा हालसम्म ४ लाख ५६ हजारभन्दा बढी संक्रमित रहेका छन् ।

त्यस्तै २ लाख ५८ हजारभन्दा बढी संक्रमित निको भएर घर फर्किएका छन् । झण्डै ९ हजार संक्रमितको अवस्था गम्भीर रहेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय