scheduleमगलवार आश्विन १३ गते, २०७७

रणवीर भन्छन्- करणले हाम्रो नाममा पैसा कमाए

एजेन्सी, १० असार । कलाकार सुशान्त सिंह राजपुतको मृत्युपछि खैलाबैला मच्चिएको बलिउडमा विभिन्न आरोप तथा आलोचनाहरु आउने क्रम रोकिएका छैनन् ।

उनको आत्महत्यालाई लिएर बलिउडका स्टारकिड हरुविरुद्ध निशाना साधिने क्रम चलिरहेकै बेला कलाकार रणवीर कपुरको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ जसमा उनले बताएका छन् कि उनी करण जोहरको कार्यक्रम ‘कफी विथ करण’ को विरोधी हुन् ।

केही समय अगाडि एआईबीसँगको अन्तर्वार्ताका क्रममा रणवीर कपूरलाई करण जोहरको कार्यक्रमको बारेमा पनि प्रश्न गरिएको थियो ।

उनलाई सोधिएको थियो ‘के तपाईं कफी विथ करणबाट आजित हुनुहुन्न?’  यस प्रश्नको जवाफमा रणबीरले भने, ‘हो,  म आजित भइसकेको छु, मैले यो पनि भनिसकेको थिएँ कि म यस सिजनको हिस्सा हुन चाहन्नँ, तर मलाई आउन बाध्य पारियो ।’

रणवीरले थपे, ‘म र अनुष्का शर्मा त यो शोको विरुद्धमा नै उत्रन चाहन्थ्यौँ र सम्पूर्ण फिल्म उद्योगलाई नै समेट्न चाहन्थ्यौँ किनकि यो सही हैन । उनले यस शोबाट पैसा कमाउँछन्,  शोमा दिएको बयानबाट हामी वर्षभरि नै निशानमा पर्ने गरेका छौँ । ह्याम्परमा पनि हामीलाई केही प्राप्त हुँदैन, हरेक पटक केवल आइफोन थमाइदिन्छन् ।’

सो भिडियो थप भाइरल हुँदै गइरहेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय