scheduleआइतवारमाघ ११ गते, २०७७

७ सय ५३ स्थानीय तहको बजेट सार्वजनिक आज

काठमाडौं, १० असार । स्थानीय सरकारहरूले आज बजेट सार्वजनिक गर्दैछन् । नीतिगत व्यवस्था अनुसार आगामी आर्थिक वर्षका लागि ७ सय ५३ वटै स्थानीय तहले आज बजेट सार्वजनिक गर्नुपर्छ ।

बजेटको आय व्यय विवरण र कार्यक्रम तयार बनाइसकेका स्थानी सरकारले यसपटक नागरिकसँग सम्वाद नै नगरी बजेट ल्याउन लागेका छन् । बजेट ल्याउनुअघि गर्नुपर्ने वडादेखिको तहगत छलफल यसपटक गरेका छैनन् । संघ र प्रदेश सरकारजस्तै स्थानीय सरकारले पनि रोजगारी, कृषि र स्वास्थ्यलाई प्राथिकतामा राख्दै बजेट तयारी गरेका छन् ।

संघ सरकारले बजेट सार्वजनिक गरेको २७ दिन र प्रदेश सरकारले बजेट ल्याएको १० दिनपछि पालिकाले बजेट प्रस्तुत गर्न लागेका हुन् । पालिकाले पेस गरेको बजेट सभाबाट स्वीकृत भएपछि मात्रै खर्च गर्न सक्छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यसअघि नै पालिकालाई पत्राचार गरी संवैधानिक व्यवस्था अनुसार नै बजेट पेस गर्न परिपत्र गरेको छ । पालिकालाई संघ र प्रदेश सरकारले समानीकरण अनुदान, राजस्व बाँडफाँडबाट प्राप्त अनुदान, विशेष र सशर्त अनुदान शीर्षकमा रकम उपलब्ध गराएका छन् ।

गतवर्ष ७२ स्थानीय तहले समयमै बजेट ल्याउन सकेका थिएनन् । यसवर्ष ति स्थानीय तहले आजै बजेट ल्याउने तयारी गरेका छैनन् । गतवर्ष समयमै बजेट ल्याउन नसकेको रौतहटको कटहरिया नगरपालिकाले यसवर्ष पनि समयमा बजेट ल्याउन सक्ने अवस्थामा नरहेको बताएको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay