scheduleबुधवार श्रावण २८ गते, २०७७

मेयर जिसी भन्छन्- लकडाउनका कारण पोखराले १६ अर्बको क्षति व्यहोर्‍यो

पोखरा, १० असार । कोरोना महामारीको संक्रमण नेपालमा फैलन सुरु भएपछि नेपाल सरकारले गरेको लकडाउनका कारण पोखरा महानगरले करिब १६ अर्ब रुपैयाँको क्षति व्यहोर्नुपरेको बताएको छ । महानगरपालिकाका मेयर मानबहादुर जिसीले महानगरको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सो जानकारी दिएका हुन् ।

नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले भने, चैत ११ देखि जेठ ३२ गतेसम्मको अनुमान अनुसार यो क्षतिले महानगरपालिकाको आन्तरिक राजश्व संकलन, विकासका कार्यक्रमहरु र नियमित सेवा प्रवाहमा प्रतिकुल असर गरेको छ ।’

पोखरा महानगरले बुधबार ल्याएको नीति तथा कार्यक्रममा भनिएको छ, ‘यस विषम परिस्थितिको सामना गर्दै महामारीका सम्भावित असरहरुलाई न्यूनीकरण गर्न र महानगरबासीको जीवन रक्षा गर्दै विकास गतिविधिहरुलाई निरन्तरता दिने गरी योजना बनाइएको छ’ ।

महानगरपालिकाले दीर्घकालीन दृष्टि निर्माण गरी यस वर्षको नीति तथा कार्यक्रम तर्जुमा गरेको मेयर जिसीले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै बताए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय