scheduleबुधवार आषाढ़ ३१ गते, २०७७

पछिल्लो २४ घण्टामा ६२९ संक्रमित थपिए, कुल संक्रमितको संख्या १० हजार ७२८

काठमाडौं, १० असार । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६२९ जना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १० हजार ७२८ पुगेको छ ।

पछिल्लो समय संक्रमितमध्ये ११० जना महिला र ५१९ पुरुष रहेका छन् ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार २ हजार ३३८ जना डिस्चार्ज भएका छन् ।

प्रवक्ता गौतमका अनुसार बुधबारसम्म नेपालमा १ लाख ९३ हजार १९४ पिसिआर परीक्षण भएको छ भने २ लाख ८३ हजार २६७ आरडिटी परीक्षण सकिएको छ ।

मन्त्रालयका अनुसार ७८ हजार ६३९ जना क्वारेन्टाइनमा रहेका छन् भने ८ हजार ३६६ जना आइसोलेसनमा रहेका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय