scheduleबुधवार श्रावण २१ गते, २०७७

मनसेको धम्कीसँगै टी-सिरिजले आतिफ अस्लमको गीत युट्युबबाट हटायो

एजेन्सी, ११ असार । भारतको बलिउड म्युजिक इन्डस्ट्रीको सबैभन्दा ठूलो कम्पनी टी-सिरिजले युट्युबबाट पाकिस्तानी गायक आतिफ असलमको गीत हटाइदिएको छ । महाराष्ट्र नवनिर्माण सेनाका मनसेबाट धम्की आएपछि टी-सिरिजले आतिफको गीत ‘किन्न सोणा’ युट्युबबाट हटाई दिएको हो ।

केही समय अघि मनसेको चित्रपट सेनाका अध्यक्ष अमेय खोपकरले केही समय अघि टी-सिरिजलाई धम्की दिदैँ युट्युबबाट आतिफको गीत नहटाएर सजाय भोग्नुपर्ने धम्की दिएको थियो ।

केही समय अघि भारतले कश्मिरबाट आर्टिकल ३७० हटाउँदा आतिफले त्यसको विरोध गरेका थिए । त्यसपश्चात भारतीय संगीत क्षेत्रमा प्रतिबन्धमा परेका आतिफको गीत टी-सिरिजले युट्युबमा रिलिज गरेको हो ।

मनसेले उक्त गित युट्युबबाट नहटाए अर्कोपटक टी-सिरिजको फिल्म रिलिज हुन नदिने धम्की दिएको थियो ।

त्यसलगत्तै गीत हटाएको टी-सिरिजले मनसेका अध्यक्ष राज ठाकरेलाई पत्र लेख्दै एक कर्मचारीको गल्तीले सो गीत रिलिज भएको र अब उप्रान्त त्यस्तो गल्ती नगर्ने भन्दै माफी मागेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय