scheduleबुधवार श्रावण २८ गते, २०७७

आईएमएफले परिवर्तन गर्‍यो विश्व आर्थिक मन्दीको प्रक्षेपणको तथ्यांक, अझ खराब हुने अनुमान


एजेन्सी, ११ असार । अन्तराष्ट्रिय मुद्रा कोषले विश्व अर्थतन्त्रमा आफूले सोचेभन्दा खराब मन्दी आउने बताएको छ । आईएमएफले आफ्नो पुरानो प्रक्षेपणभन्दा कोरोनाको कारण मन्दी अझ धेरै ओरालो लाग्ने र अर्थतन्त्रको पुनर्स्थापना हुन अझै ढिलो हुने बताएको छ ।

आईएमएफले बुधबार विश्वको कूल ग्राहस्थ उत्पादन यो ४.९ प्रतिशतले खुम्चिने बताएको छ । यसअघि गत अप्रिलमा उसले विश्व अर्थतन्त्रमा जीडीपी ३ प्रतिशतले मात्र खुम्चिने बताएको थियो ।

सन् १९३० मा देखा परेको आर्थिक मन्दी जस्तै आगामी अर्थतन्त्र पनि हुने आईएमएफको प्रक्षेपण छ ।

कोरोना भाइरसको महामारीले विश्वभरीको गतिविधिमा अप्रत्याशित गिरावट ल्याईदिएको थियो । साथै आईएमएफले महामारीपछि विश्व श्रम बजार नराम्ररी पिरोलिने बताएको छ ।

कम्पनीहरुले लगानी कटौटी गरिरहेका छन् र उपभोक्ताको खर्च पनि भारी मात्रामा घटेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय