scheduleशनिवारमाघ १० गते, २०७७

ह्याकरले कोरोनाको आडमा मानिसलाई बनाउँदैछन् निशाना, यी टिप्स पालना गरौं

एजेन्सी, ११ असार । विश्व कोरोनाको प्रकोपसँग जुझिरहँदा सबैको ध्यान यसबाट कसरी बच्ने भन्ने तर्फ केन्द्रित छ । तर यसबीच ह्याकरह फर्जी वेबसाइट र मोबाइल एप्सको मद्दतबाट मानिसहरुलाई आफ्नो निशाना बनाइरहेका छन् ।

हालै डब्ल्युएचओले बताए अनुसार ह्याकरहरु फिसिङ अट्याक गरिरहेका छन् । यसबीच यस्ता अट्याकहरुबाट बच्न गुगलको सेफ्टी सेन्टरले केही महत्वपूर्ण टिप्सहरु सार्वजनिक गरेको छ । यी टिप्सको पालना गर्दा तपाई पनि अनलाइन अट्याक वा ठगिबाट बच्न सक्नुहुन्छ ।

१. विश्वासिलो स्रोत चेक गर्नुहोस्
अधिकांश ह्याकरहरु कुनै पनि आधिकारिक संगठनको पहिचानमा आफूलाई भेटेर ठग्ने प्रयास गर्छन् । यस्तो बेला उनीहले धेरै जसो सरकारी संस्थाको पहिचान बनाउँछन् । यदि तपाईलाई कुनै सन्दिग्ध संगठनको नाममा भईरहेको गतिविधि शंकास्पद लाग्यो भने सबैभन्दा पहिलो त्यो कथित संगठनको वास्तविक वेबसाइट गएर चेक गर्नुहोस् ।

२. आफ्नो निजी जानकारी कसैलाई पनि नदिनुहोस्
यदि कुनै पनि शंकास्पद टेक्स्ट म्यासेज वा फोन कलमा तपाईको निजी जानकारीहरु जस्तै नाम, फोन नम्बर, बैंक खाता नम्बरहरु कसैले माग्छ भने नदिनु होला किनभने कुनै पनि संस्थाले तपाईको गोप्य र संवेदनशील जानकारीहरु कहिल्यै माग्दैनन् ।

३. दान दिन अघि फण्डलाई जाँच्नुहोस्
यति तपाई कुनै पनि संस्थामा वा विशेष प्रयोजनका लागि दान सहयोग दिदैँ हुनुहुन्छ भने डोनोसन फण्ड जाँच्नुहोस् । किनभने संकटको फाइदा उठाउँदै विभिन्न समूह दान र सहयोगको नाममा लूट मच्चाईरहेका हुन्छन् ।

४. नबुझी नजानी अन्जान लिंक नखोल्नुहोस्
यदि तपाईलाई फोनको म्यासेजमा होस् वा इमेलामा वा फेसबुकमा वा कुनै पनि सामाजिक सञ्जाल प्लेटफर्ममा अन्जान लिंक आउँछ भने त्यस्तो लिंक खोल्न हतार नगर्नुहोस् । यदि त्यो ह्याकरले पठाएको हो भने लिंकमाफर्त माल्वेयर छिराएर ह्याकरले तपाईको पुरै डिभाइसमा नै नियन्त्रण जमाउन सक्छ ।

५. इन्टरनेटको साहारा लिनुहोस्
यदि तपाईसँग भाइरस वा कुनै विषय वस्तुसँग सम्बन्धित मेला वा म्यासेज आउँछ भने सबैभन्दा पहिले अनलाइनमा त्यसबारे खोजी गर्नुहोस् । त्यहाँ तपाईले पर्याप्त जानकारी पाउन सक्नुहुन्छ । यसरी तपाई ह्याकरहरुको चंगुलबाट बच्न सक्नुहुन्छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay