scheduleमगलवार श्रावण २० गते, २०७७

शासनशैली र कोरोेना संक्रमणबीचको सम्बन्ध विश्लेषण, ७ सफल/असफल देशहरुको तथ्यांकसहित

साझापोष्ट विश्लेषण

काठमाडौं, ११ असार । के शासनशैली र कोरोना संक्रमणको क्षतिबीच कुनै सम्बन्ध छ ? कोरोनाको क्षति संयोगिक मात्र होे कि शासकीय व्यवस्थापन क्षमताको अभाव ?

असल र खराब भनिएका ७/७ देशको तुलना

कोराना प्रतिरोधको रणनीति निर्माणमा राजनीतिक विचारधारा र कार्यशैलीको प्रभाव हुन्छ कि हुँदैन ? यतिखेर यी प्रश्न निक्कै सान्दर्भिक बन्न पुगेका छन् । यो प्रश्नको सम्परीक्षण गर्न यहाँ ७/७ देश र शासकलाई आधार बनाइएको छ ।

पहिलो ७ समूहमा ती देश र शासकहरु छन्, जसलाई विश्लेषकहरुले कोरोना भाइरसको प्रारम्भ हुनुअगाडिदेखि नै चरम दक्षिणपन्थी, पपुलिष्ट र डेमागगको संज्ञा दिएका थिए ।

ती हुन्- अमेरिकाका डोनाल्ड ट्रम्प, ब्राजिलका जायर बोल्सोनारो, रुसका भ्लादिमिर पुटिन, भारतका नरेन्द्र मोदी, बेलायतका बोरिस जोहन्सन, टर्कीका रिसिप तैयब एर्दोगान, हंगेरीका भिक्टर अर्वान ।

दोस्रो समूहमा ती ७ देश र शासकलाई लिइएको छ जो कोरोनाअगाडि नै विकासप्रेमी, जनमुखी र उदार शासकका रुपमा चित्रण गरिन्थे ।

यस समूहमा ताइवानकि त्सेइ इन वेन, सिंगापुरका लि सियन लुङ, न्युजिलैण्डकी ज्यासिन्डा अर्डन, दक्षिण कोरियाका मुन जेइ इन, अष्ट्रेलियाका स्कट मोरिसन, क्यानाडाका जस्टिन ट्रुडो र जर्मनीकी एञ्जेला मार्केल छन् ।

राजनीतिक विचारधारा, निर्वाचित दलको पृष्ठभूमि जे जस्तो भए पनि पहिलो समूहको नेताहरुको दृष्टिकोणको १० साझा विशेषता मानिएका छन् ।

ती हुन् –

१. महान राष्ट्रको अवधारणा
२. निर्वाचित तर अधिनायकउन्मुख व्यवहार, विशेषतः मिडिया, बौद्धिक जमात, नागरिक समाज र विपक्षी पार्टीप्रति असहिष्णु
३. सीमान्तकृत, अल्पसंख्यक, शरणार्थी र आप्रवासीप्रति घृणा
३. बहुसांस्कृतिकतावाद, आरक्षण र समावेशिताको विरोध, पूर्ण मेरिटोक्रेसीको पक्षपोषण
४. राष्ट्रिय राज्यको अवधारणा
५. समरुप मौलिकताको गौरवीकरण
६. भुमण्डलीकरणको विरोध
७. विश्वव्यापी बसाइँसराई र जनसंख्या पुनर्संरचनाको विपक्ष
८. नेतृत्वको देवत्करण र व्यक्तित्वको पुजा
९. पपुलिष्ट र डेमागग कार्यशैली
१०. कर्पोरेटवाद र क्रोनीवाद ।

दोस्रो समूहका नेताहरु पनि फरकफरक राजनीतिक विचारधारा र पृष्ठभूमि भएका दलबाट छानिएका छन् । तर उनीहरुका १० साझा बिशेषतालाई यसरी पहिचान गरिएको छ-
१. विनम्र र धैर्यवान कार्यशैली
२.सहिष्णुतता
३. सीमान्तकृत, अल्पसंख्यक, शरणार्थी र आप्रवासीप्रति सम्मान
३. समावेशीता
४. योग्यतातन्त्र र सुशासन
५. सकारात्मक सार्वजनिक जनस्वास्थ्य नीति ।
६. अन्तर्राष्ट्रिय सहकार्य
७. मानवीय विकासमा जोड
८. समूह कार्य
९. व्यवस्थापकीय शासन
१०. जनमुखी आर्थिक विकास ।

दोेस्रो समूहका देशहरुको विवरण

देशराष्ट्रपति/प्रधानमन्त्रीसंक्रमित संख्यामृत्यु संख्यानिको हुनेको संख्यापछिल्लो मृत्युदर
अमेरिकाडोनाल्ड ट्रम्प२४,६२, ५५४१, २४, २८११०, ४०, ६०६१०.६८%
ब्राजिलजायर वोल्सोरानो११,९२, ४७४,५३, ८७४६, ४९, ९०८७.६५%
रुसभ्लादिमिर पुटिन६, ०६, ८८१८५१३३, ६८, ८३३२.२५%
भारतनरेन्द्र मोदी४, ७२, ९८५१४, ९०७२, ७१, ७८८५.२०%
बेलायतबेरिस जोहन्सन३, ०६, ८६२४३, ०८१
टर्कीतैयब एर्दोगान१, ९१, ६५७५०२५१६४, २३४३.००%
हंगेरीभिक्टर अर्वान४११४५७६२६१८१८.००%

पहिलो समूहका राष्ट्रहरु कोरोना क्षतिको सूचीमा उच्च स्थानमा छन । संक्रमण संख्याको उच्च ५ स्थानमा १. अमेरिका २. ब्राजिल, ३. रुस ४. भारत ५. बेलायत ।

टर्की १३ औं स्थानमा छ भने यो समूहको सबैभन्दा कम संक्रमण हुने देश हंगेरी ८८ स्थानमा छ । संक्रमण संख्याको दृष्टिकोणबाट ७ मध्ये एक देशको अवस्था मात्र तुलनात्मक रुपमा राम्रो छ ।

दोस्रो समूहका देशमा भने सबैभन्दा बढी संक्रमण जर्मनीमा देखिन्छ । जर्मनी संक्रमणको १२ स्थानमा छ । यो पहिलो समूहका टर्की र हंगेरीको भन्दा माथि हो । क्यानाडा १९ औं स्थानमा छ ।

त्यसैगरी सिंगापुर ३२ औं, दक्षिण कोरिया ६२, अष्ट्रेलिया ७१ औं, न्यूजीलैड ११७ र ताइवान १५३ स्थानमा छ तर, संक्रमण दर उच्च हुँदाहुँदै पनि यी देशको मृत्यु दर भने निक्कै कम छ ।

प्रारम्भमा २२% रहेको निको र मृत्यु अनुपात यो टिप्पणी तयार गर्दा ९ प्रतिशतमा झरेको छ । अमेरिकमा यस्तो अनुपात प्रारम्भमा १७% थियो भने अहिले १०.६८% मा झरेको छ ।

यस्तो अनुपात ब्राजिलमा ७.६५%, रुसमा २.२५%, भारतमा ५.२०%, टर्कीमा ३% र हंगरीमा १८% छ । संक्रमण संख्याको दृष्टिकोणले हंगेरी राम्रो अवस्थामा रहे पनि मृत्युदरको दृष्टिकोणले सबैभन्दा नराम्रो अवस्थामा छ ।

बेलायतको भने निको संख्या उपलब्ध नहुँदा अनुपात पनि विश्लेषण गर्न सकिएको छैन । तर वेलायतको मृत्यु अनुपात विश्व औसतभन्दा माथि हुने सक्ने अनुमान छ ।

दोस्रो समूहका देशहरुको भने क्यानाडालाई छोडेर सबैको मृत्यु अनुपात विश्व औसतभन्दा कम छ । त्यसमा पनि सिंगापुरको सबैभन्दा राम्रो १ प्रतिशतभन्दा कम देखिन्छ । ताइवान, न्युजीलैण्ड र अष्ट्रेलिया २ प्रतिशतभन्दा पनि कम छ । निश्चिन्त हुन सकिए पनि यी देशमा कोरोना नियन्त्रणमा आइसकेको ठानिन्छ ।

देश राष्ट्रपति/प्रधानमन्त्री संक्रमित संख्या मृत्यु संख्या निको हुनेको संख्या प्छिल्लो मृत्युदर

देशराष्ट्रपति/प्रधानमन्त्रीसंक्रमित संख्यामृत्यु संख्यानिको हुनेको संख्याप्छिल्लो मृत्युदर
ताइवानत्सेइ इन वेन४४७४३५१.६०%
न्युजीलैण्डज्यासिन्डा अर्डन१५१९२२१४८४१.४६%
सिंगापुरलि सियान लुुङ४२, ६२३२६३६, २९९०.०७%
द कोरियामुुन जेइ इन१२५६३२८२१०९७४२.५७%
अष्ट्रेलियास्कट मोरिसन७५५७१०४६९३०१.४८%
क्यानाडाजस्टिन ट्रुडो१, ०२, २४३८४८४६५०९१११.५३%
जर्मनीएन्जेला मार्केल१, ९३, २५४९००३१, ७६, ३००४.८५%

यी तथ्यांकका आधारमा भन्न सकिन्छ शासकीय सोच, शैली र रणनीति कोराना प्रतिरोध र परिणामबीच प्रत्यक्ष सम्बन्ध छ ।

यिनै तथ्य र तथ्यांकको आधारमा नेपाली अवस्था र शासकीय चरित्रलाई पनि मूल्यांकन गर्न सकिन्छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय