scheduleसोमवार आश्विन १२ गते, २०७७

स्याङ्जाका कोरोना संक्रमित पुरुषको शव १३ घन्टापछि व्यवस्थापन, स्थानीयको अवरोध

तस्वीर सौजन्य: सन्दीप पौडेल

पोखरा, ११ असार ।  उपचारका क्रममा पश्चिमाञ्चल क्षेत्रिय अस्पताल पोखरामा मृत्यु भएका स्याङ्जाका कोरोना संक्रमित पुरुषको शव करिब १३ घण्टापछि व्यवस्थापन गरिएको छ । गएराति मृत्यु भएका स्याङ्जा सिरुवारीका ५५ वर्षीय पुरुषको शव पोखरा महानगरपालिका-३२ मजुवामा व्यवस्थापन गरिएको कास्की प्रहरीका प्रवक्ता सुवास हमालले जानकारी दिए ।

शव व्यवथापनका क्रममा केहीबेर तनाव समेत उत्पन्न भएको थियो । शव गाड्नका निम्ति खाल्डो खन्न डोजर पुगेको थाहा पाएपछि स्थानीयले शव बोकेको गाडी समेत रोकेका थिए । टायर बालेर स्थानीय प्रदर्शनमा उत्रिएपछि स्थिति नियन्त्रणमा लिनका लागि प्रहरीले केही राउण्ड हवाइफायर समेत गरेको थियो ।

शव व्यबस्थापन गर्न नदिने भन्दै स्थानियले प्रहरीटोली माथि ढुङ्गामुडा गर्न थालेपछि झडपकै स्थिति सिर्जना हुँदा प्रहरीले हवाइफायर र लाठीचार्ज गरेको थियो । सो क्रममा केही स्थानीय घाइते भएका छन् र केहीलाई प्रहरीले नियन्त्रणमा समेत लिएको छ ।

उपचारका लागि ८ असारमा पोखरा आएका स्याङ्जाको आँधीखोला गाउँपालिका सिरुवारीका पुरुषको बुधबार राति ११:३५ मा मृत्यु भएको थियो । मधूमेह  र निमोनियाबाट ग्रस्त ती पुरुषलाई श्वासप्रश्वासमा समस्या भएपछि पोखरा ल्याएर भेन्टिलेटरमा राखिएको थियो।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय