scheduleबुधवार श्रावण २८ गते, २०७७

जनकपुरमा एउटै क्वारेन्टाइनका थप ११ जनामा कोरोना संक्रमण पुष्टि

जनकपुरधाम, ११ असार । धनुषाको मिथिला नगरपालिका २ नक्टाझिज स्थित जनता माध्यमिक विद्यालयको क्वारेन्टाइनमा रहेका ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्वारेन्टाइनमा रहेका तीन वर्षीया बालिकासहित अन्य ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रादेशिक अस्पताल जनकपुरको प्रयोगशालामा गरिएको परीक्षणमा बुधबार मिथिला नगरपालिकाका ४ महिला र ७ पुरुष गरी कुल ११ जनामा कोरोना संक्रमण पुष्टि हो ।

मिथिला नगरपालिकाका क्वारेन्टाइन संयोजक अशोक भण्डारीका अनुसार मिथिला नगरपालिका ३ का २ पुरुष र २ महिला गरी ४ जना, वडा नं. ४ का २ पुरुष, वडा नं. ५ का एक बालिकासहित २ महिला, वडा नं. ६ का १ पुरुष र वडा नं. ८ का १ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमण पुष्टि भएकाहरु सबै भारतबाट नेपाल आएका नागरिकहरु हुन् । संक्रमितमध्ये एक क्वारेन्टाइनमा कार्यरत स्वास्थ्यकर्मी पनि रहेका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय