scheduleमगलवार कार्तिक ११ गते, २०७७

लकडाउनले रोकिएको रातो मच्छिन्द्रनाथको रथ निर्माण शुरु

काठमाडौं, ११ असार । लकडाउनका कारण रोकिएको ललितपुरको रातो मच्छिन्द्रनाथको रथ निर्माण कार्य शुरु भएको छ ।

तिथिको आधारमा बनाइने रथ गएको चैत २७ गते साइत पूजा सुरु गर्नुपर्नेमा चैत ११ गतेदेखि लकडाउन भएकाले प्रतीकात्मक रुपमा रथ निर्माण सुरु भयो भनेर जनाउनको लागि साइत पूजा मात्र गरिएको थियो ।

अहिले रथ बनाउनको लागि प्रशासनले स्वीकृति दिएपछि ललितपुरको पुल्चोकमा रथ निर्माण सुचारु भएको हो । तर रथारोहण र रथयात्रा भने अझै निश्चित भएको छैन ।

गएको चैत २७ गते महास्नान गरेर वैशाख १२ गते पुल्चोकमा रथारोहण गर्नुपर्नेमा यसपालि रथ बनाउन नसकेका कारण मूर्तिलाई मच्छिन्द्रबहालमा रहेको भजनपाटीमा राखिएको छ ।

त्यस्तै पाटनको तंगलमा रातो मच्छिन्द्रनाथसँगै रथजात्रा गरिने मीननाथको रथ निर्माणको काम गएको असार ३ गतेदेखि शुरु भइसकेको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay