scheduleबिहिवारमाघ १५ गते, २०७७

गण्डकी प्रदेशका १२ वटा स्थानीय तहले बजेट ल्याउन सकेनन्

पर्वत, ११ असार । गण्डकी प्रदेशका अधिकांश स्थानीय तहले बजेट सार्वजनिक गरेका छन् । ८५ वटा स्थानीय तह रहेको गण्डकी प्रदेशमा १२ वटा स्थानीय तहले बजेट नल्याएपनि नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन् ।

बजेट सार्वजनिक गर्ने भाका पछि लाई सारेका छन् । पर्वतको जलजला गाउँपालिकाले नीति तथा कार्यक्रम सार्वजनिक गर्दा ढिलो भएको भन्दै बजेट केहि दिनमा सार्वजनिक गर्ने जानकारी दिएको छ ।

मुस्ताङको थसाङ गाउँपालिका, मनाङको नार्पभूमी गाउँपालिका, गोरखाको चुमनुम्बी र गण्डकी गाउँपालिकाले पनि बजेट सार्वजनिक गरेका छैनन् ।

प्राविधिक कारण देखाउँदै बजेट ल्याउन नसकेको सम्बन्धित स्थानीय तहका प्रमुखहरु बताउँछन् । बागलुङको गल्कोट नगरपालिकाले नीति तथा कार्यक्रम मात्रै पारित गरेको नगर प्रमुख भरत शर्मा गैह्रेले जानकारी दिए ।

तनहुँको बन्दीपुर नगरपालिका, लमजुङको बेशीशहर र सुन्दर बजार नगरपालिकाले भने असार १९ गते बजेट ल्याउने गरि नीति तथा कार्यक्रम ल्याएका छन् ।

स्याङ्जाको चापाकोट नगरपालिकाले कोरोनाका कारण बन्द भएका कारण बजेट ल्याउन नसकेको जनाएको छ भने फेदीखोला गाउँपालिका र हरिनास नगरपालिकाले नीति तथा कार्यक्रम मात्रै ल्याएका छन् ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay