scheduleबुधवार श्रावण २८ गते, २०७७

दैलेखमा आत्महत्या गरेका युवकमा कोरोना पुष्टि

दैलेख, ११ असार । बुधबार विहान आत्महत्या गरेका दैलेखको दुल्लुका २१ वर्षीय युवकमा कोरोना संक्रमण पुष्टि भएको छ । सो युवक १४ दिन क्वारेन्टिनमा बसेर आरडिटी नेगेटिभ आएपछि घर फर्किएको र त्यसको १६ दिन पश्चात् हिजो विहान झुण्डिएको अवस्थामा फेला परेका थिए ।

सोही जानकारीका आधारमा उनको स्वाब संकलन गरी कर्णाली प्रदेश अस्पताल, पशुपक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेत पठाइएको थियो । विहीबार आएको स्वाब परिक्षणको रिपोर्ट अनुसार ती युवकमा कोरोना पुष्टि भएको हो । ।

नेपालमा दिन प्रतिदिन क्वारेन्टिनमा भएका वा क्वारेन्टिनबाट घर फर्किएका व्यक्तिहरुले आत्महत्या गर्ने क्रम बढिरहेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय