scheduleबुधवार श्रावण २१ गते, २०७७

लियोनार्दो डिक्याप्रियोले यसरी मनाए प्रेमिकाको जन्मोत्सव


एजेन्सी, ११ असार । टाइटानिक फिल्मका चर्चित हलिउड अभिनेता लियोनार्दो डिक्याप्रियोले आफ्नी प्रेमिका क्यामिला मोरोनको २३ औं जन्मोत्सव मनाएका छन् ।

पेज सिक्सका अनुसार ४५ वर्षे अभिनेता लियोनार्दोले आफ्ना केही निकटवर्तीहरुको साथमा सो उत्सव मनाएका हुन् । बर्थडे पार्टीमा पाहुनाहरुले ‘काउब्वाई ह्याट’ र पश्चिमी पोशाक लगाएका थिए । अभिनेत्री नीना डोबरेव, ओलम्पिक स्नोबोर्डर शान ह्वाइट, अभिनेता केविन कोनोली र लुकास हास पनि सो पार्टीमा उपस्थित थिए ।

क्यामिलाको जन्मोत्सव ४५ मिटर लामो सुपर याँटमा मनाइएको थियो, उक्त जहाज लस एन्जलसस्थित मरिना डेलमा रहेको थियो । त्यो जहाज बिहान ११ बजे यात्रामा निस्केको थियो र बेलुकी साढे चार बजे पुनः किनारमा फर्किएको थियो ।

डिसेम्बर २०१७ देखि क्यामिला र डिक्याप्रियो सँगै बसिरहेका छन् । ओस्कार अवार्डमा पनि यी दुबै एक साथ देखिएका थिए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय