scheduleबिहिवार आषाढ़ १८ गते, २०७७

पाकिस्तानका प्रत्येक तीनमध्ये एक पाइलट बोक्छन् नक्कली लाइसेन्स

एजेन्सी, १२ असार । पाकिस्तानका ३० प्रतिशतभन्दा धेरै सिभिलियन पाइलटहरुसँग झूठा लाइसेन्स भएको र उडान भर्न उनीहरु सक्षम नभएको देशका उड्डयनमन्त्रीले बुधबार खुलासा गरेका छन् ।

पाकिस्तानको राष्ट्रियसभालाई सम्बोधन गर्दै घुलाम सर्वर खानले २६२ पाइलटहरुले लाइसेन्सको परीक्षा आफैंले दिने नगरेको र आफ्नो सट्टा अरुलाई पैसा तिरेर परिक्षा दिन लगाउने गरेको बताए ।

Dish_Home

पाकिस्तानमा हाल ८६० जना पाइलटहरुले घरेलु एयरलाइनमा काम गर्छन् । तिनै पाइलटहरुले पाकिस्तान अन्तराष्ट्रिय एयरलाइन पीआईए फ्लयागसि साथै विदेशी विमानमा पनि काम गर्ने खानले बताए ।

पीआईएले झुट्ठा लाइसेन्स बोक्ने पाइलटहरुलाई तत्काल ग्राउण्डेड गर्दिइसकेको छ ।

गत मे २२ मा ९७ जनाको मृत्यु हुने गरी कराँचीमा भएको विमान दुर्घटनाको अनुसन्धानपछि प्रारम्भिक प्रतिवेदन सार्वजनिक भएको छ । तर खानले सो विमान पी के ८३०३ का पाइलटहरुले नक्कली लाइसेन्स बोकेका वा नबोकेको बारेमा केही बताएका छैनन् ।

रिपोर्टका अनुसार ती दुई पाइलटहरु कोरोना भाइसको बारेमा कुराकानी गर्दै थिए । हवाई ट्राफिक कन्ट्रोलबाट चेतावनीहरु आइरहँदा पनि त्यसलाई उनीहरुले बेवास्ता गरेको त्यसैकारण विमान एयरपोर्ट नजिक रहेको बासिस्थानमा खसेको थियो ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय