scheduleबुधवार आश्विन १४ गते, २०७७

समाचार प्रकाशक कम्पनीलाई पैसा दिने गुगलको घोषणा

एजेन्सी, १२ असार । गुगल कम्पनीले समाचारमूलक सामाग्री प्रसारण गर्ने केही मिडियालाई पैसा दिने बताएको छ ।

‘न्यु न्युज एक्सपिरियन्स’को हिस्साको रुपमा गुगलले बिहीबार जर्मनी, अष्ट्रेलिया र ब्राजिलका केही समाचार प्रकाशक कम्पनीहरुसँग विभिन्न नयाँ लाइसेन्सिङ सम्झौताको घोषणा गरेको छ ।

उक्त सम्झौता अर्को वर्षदेखि लागू हुने बताइएको छ । तर गुगलबाट पैसा पाउनका लागि समाचारहरु उच्च गुणस्तरको समाचार सामग्री हुनुपर्ने गुगलले उसको ब्लगपोस्टमा लेखेको छ ।

समाचार प्रकाशकहरुलाई उनीहरुको सामाग्री मोनिटाइज गराउने यो कार्यक्रमले विभिन्न मुद्दा र स्वार्थ भएको विश्वमा पाठकहरुलाई वास्तविक र गहिरो जानकारी दिन प्रोत्साहन दिने गुगलले लेखेको छ ।

हाल केही मुलुकसँग मात्र सम्झौता गरेको गुगलले आगामी महिनामा अन्य मुलुकहरुसँग समेत सम्झौता गर्ने बताएको छ । गुगलका अनुसार यो नयाँ अनुबन्धसँगै पाठकहरुले पैसा तिरेर पढ्न पर्ने समाचार सामग्री पनि निःशुल्क पढ्न सक्ने छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय