आमिर खानको फिल्म ‘बिक्रम बेदा’को रिमेकको काम अगाडि बढेन
एजेन्सी, १२ असार । दक्षिण भारतीय फिल्म ‘बिक्रम बेदा’को रिमेक बनाउने तयारी भइरहँदा कोरोना भाइरसका कारण सुटिङको तालिका सरेको बताइएको थियो । अब यो फिल्मको सुटिङ झन् पर सरेको छ ।
यस फिल्ममा बलिउडका चर्चित अभिनेता आमिर खान र सैफ अली खानको प्रमुख भुमिका रहनेछ ।
तर, आमिर खानको फिल्म लाल सिंह चड्डाको सुटिङमा व्यस्त रहने भएपछि बिक्रम बेदाको सुटिङ थप समयका लागि सरेको मिडिया रिपोर्टमा उल्लेख छ ।
आमिर खानले लाल सिंह चड्डाको सुटिङ सकेपछिमात्रै आफुले काम गर्ने प्रतिक्रिया दिएपछि यस फिल्मको सुटिङ सरेको हो । लाल सिंह चड्डा हलिउड फिल्म फरेस्ट गमको रिमेक हो ।
यो फिल्मको ४० प्रतिशत काम सकिएको बताइएको छ ।