scheduleबुधवार श्रावण २८ गते, २०७७

माटो परीक्षण गर्ने विज्ञ नहुँदा प्रयोगशाला मुसाको खोर बन्यो

हरिकृष्ण ऐडी/मुगु, १२ असार । जिल्ला कृषि विकास कार्यालय गमगढीमा लामो समयदेखि माटो परीक्षण प्रयोगशालामा विज्ञ उपस्थित छैनन् । माटो विज्ञको अनुपस्थितिमा प्रयोगशालालाई मुसाले गुँड बनाएको छ ।

माटो परीक्षणका सामग्रीहरु प्रयोगविहिन भएर नष्ट हुन थालेका छन् । लामो समयदेखि ताला लागेको प्रयोगशालामा मुसा र माकुराको राज्य छ ।

कर्णाली प्रदेश सरकारको सुखी नेपाल, समृद्ध नेपाली भन्ने नारा कापीको पानामा मात्र सीमित भएको छ ।

मुगु जिल्लाका एक नगरपालिका र तीन गाउँपालिकाका किसानहरु परम्परागत खेती प्रणालीमा काम गरिरहेका छन् । उनीहरुको खेतीपाती निर्वाहमुखी छ ।

‘आफ्नो खेतबारीको माटोको गुणस्तर र चरित्र थाहा पाउन माटो जचाउने निकाय कामकाजविहिन भएपछि राज्यको लगानी किसानसम्म पुग्न सकिरहेको छैन,’ छायानाथ रारा नगरपालिकाका उत्कृष्ट कृषक महेन्द्रबहादुर भामले बताए ।

जिल्ला कृषि विकास कार्यलय गमगढीमा २०७२ मा कार्यालय प्रमुख डा. चन्दप्रसाद रिमालको पालामा लाखौं पर्ने प्रयोगशालाका सामग्रीहरु खरिद गरिएको थियो । रिमाल आफैं माटो परीक्षण विज्ञ भएकोले उनैको पालामा सामग्री खरिद गरिएको र दुई सयभन्दा बढी किसानले माटो परीक्षण गरेका यता कृषि विकास कार्यालयका निमित्त कार्यालय प्रमुख पञ्चलाल बुढा बताउँछन् ।

उनी सरुवा भएपछि त्यहाँ माटो परीक्षण विज्ञ त्यहाँ पुगेका छैनन् । बुढाले यसबारे कृषि मन्त्रालयमा ताकेता गर्ने बताए ।

जिल्लाका नागरिक अगुवा रुपबहादुर मल्लका अनुसार मुगुमा ९५ प्रतिशतका समुदायहरु कृषि खेतिमा नै आत्मनिर्भर रहेका समुदायहरुलाई तत्काल माटो परीक्षण गर्ने विज्ञको दरबन्दी हुनुपर्नेमा जोड दिए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय