scheduleबुधवार श्रावण २८ गते, २०७७

‘पहिचान नखुलेको अचेत महिलाको मृत्यू, परीक्षण गर्दा कोरोना संक्रमण भेटियो’

काठमाडौं, १२ असार । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोनाबाट मृत्यू हुनेको संख्या २७ पुगेको जनाएको छ ।

मन्त्रालयको प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पहिचान नखुलेकी एक महिलाको स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ भेटिएको हो । असार ११ गते अन्दाजी २५-३० वर्षीया एक महिला राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान नजिकै अचेत अवस्थामा भेटिएको र उनलाई अस्पताल पुर्‍याउँदा मृत पाइएको प्रवक्ता गौतमले जानकारी दिए ।

उनको सोही दिन स्वाब संकलन गरेर कोरोना परीक्षण गर्दा असार १२ गते कोरोना संक्रमणको पुष्टि भएको जानकारी उनले दिए ।

मृतकको पहिचान नखुलेको र उनकोबारे थप जाँच पड्ताल भइरहेको प्रवक्ता गौतमले जानकारी दिए ।
मृत्यू २७ पुग्यो

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय