scheduleबुधवार आश्विन १४ गते, २०७७

मोटरसाइकल सिक्दै हुनुहुन्छ ? यी कुराहरुमा ध्यान दिनुहोस्

मोटरसाइकल तथा अन्य सवारीसाधन मानव जीवनको अभिन्न अंग भइसक्यो । तर, सबैजनामा सबै सीप हुँदैनन् । तर, भुल्न नहुने कुरा सीप भनेको सिकेर जान्ने कुरा हुन् ।

तपाईं पनि मोटरसाइकल सिक्दै हुनुहुन्छ भने यी कुराहरु ध्यान दिनु उपयुक्त हुन्छ-

१. तपाईं मोटरसाइकल सिक्न चाहनुहुन्छ भने मानसिकरूपमा पनि त्यसका लागि तयार हुन जरुरी छ । तसर्थ, म सिक्न सक्छु भन्ने मानसिकता बनाउनुहोस् ।
२. तपाईं २० हर्सपावरको मोटरसाइकल पनि थाम्न सकिरहनुभएको छैन भने एक सय हर्सपावरको सिक्ने प्रयत्न कदापि नगर्नुहोला । सानो डिस्प्लेसमेन्ट भएको हल्का किसिमको मोटरसाइकल नियन्त्रण गर्न सजिलो हुन्छ ।

३. हेल्मेटलगायतका सुरक्षा सामग्री लगाएर मात्र मोटरसाइकल सिक्न अग्रसर हुनुहोस् । बाक्लो ट्राउजर र जुत्तासहित शरीरको माथिल्लो भाग पनि ढाक्ने किसिमका लुगा लगाउनुहोस् ।
४. सुरुमा खाली मैदान र पछि कम भिडभाड भएका ठाउँमा मात्र चलाउनुहोस् । सुरुमै भिडभाडमा चलाउँदा धेरै किसिमका खतरा आउँछन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय